गुर्जुधारास्थित यातायात कार्यालयबाट ८ जना बिचौलिया पक्राउ
मङ्गलबार, १७ चैत २०८२, १६ : ४८
सारांश
- गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ।
- ब्लु बुक नवीकरण गरिदिने लगायतका काममा सहजीकरण गरिदिने आरोपमा उनीहरू पक्राउ परेका हुन्।
- पक्राउ पर्नेमा पासाङ तामाङ, सुनिल लामा, सुदिप मगर लगायत व्यक्तिहरू छन्।
काठमाडौँ । काठमाडौँको गुर्जुधारास्थित यातायात कार्यालयबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको छ ।
ब्लु बुक नवीकरण गरिदिने लगायतको काममा सहजीकरण गरिदिने नाममा यात्रुलाई हैरानी गरेको आरोपमा उनीहरूलाई प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कुलेश्वर घर भएका २५ वर्षीय पासाङ तामाङ, काभ्रेका ३० वर्षीय सुनिल लामा, चन्द्रागिरि घर भएका २३ वर्षीय सुदिप मगर, धादिङका २० वर्षीय बुद्ध तामाङ, मकवानपुरका २६ वर्षीय सुमेश नेपाली, धादिङका अमन तामाङ, बझाङका उज्ज्वल सिंह र मोरङ घर भएका २६ वर्षीय दिलीप राई छन् ।
प्रहरीले आरोपीहरूको साथबाट सेवाग्राहीको ब्लु बुक बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण