एक विधेयक सर्वसम्मतिले पारित
मङ्गलबार, १७ चैत २०८२, २० : १३
विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गरेका थिए । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गरेपछि सर्वसम्मतले पारित गरिएको हो ।
यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राखेका थिए। मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गरेपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिएका थिए ।
सभाको अर्को बैठक बुधबार अपराह्न १ः०० बजे बस्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५० प्रतिशत काम सकिएका लामो समयदेखि अलपत्र आयोजनामा म्याद थपका लागि बाटो खुला
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण