प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलको बैठकमा ६ विषयमा छलफल
सारांश
- संघीय संसद सचिवालयमा बसेको ६ दलको बैठकमा सभामुख निर्वाचन लगायतका विषयमा छलफल भयो।
- सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति बन्यो, भने भोलिदेखि अधिवेशन सुरु हुनेछ।
- बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने, सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्ने विषयमा पनि छलफल भयो।
काठमाडौँ । संघीय संसद् सचिवालयको आह्वानमा बसेको प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने ६ दलको बैठकमा ६ विषयमा छलफल भएको छ । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा रहेको महासचिव पद्मप्रसाद पाण्डेको कार्यकक्षमा बुधबार बसेको बैठकमा सभामुखको निर्वाचनसहितका ६ विषयमा कुराकानी भएको बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएपछि संसद् सचिवालयले बोलाएको पहिलो औपचारिक बैठकमा मुख्यगरी भोलिदेखि सुरु हुन लागेको अधिवेशन कसरी सञ्चालन गर्ने भन्ने विषयमा दलका प्रतिनिधि र सचिवालयबिच कुराकानी भयो,’ बैठकपछि बुर्लाकोटीले सञ्चारकर्मीहरूसँग भने, ‘सभामुखको निर्वाचनदेखि प्रतिनिधिसभा नियमावली बनाउने विषयसम्म कुराकानी भए ।’
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संघीय संसद्को अधिवेशन भोलि दिउँसो २ बजे आह्वान गरेका छन् । त्यो बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा संसद् सचिवालयले दलहरूको बैठक बोलाएको थियो ।
महामन्त्री बुर्लाकोटीले बैठकमा सभामुखको निर्वाचन चैत २२ गते गर्ने सहमति बनेको जानकारी दिए । भोलिको बैठकदेखि प्रक्रिया सुरु गर्ने चैत १९ गते सभामुखका उम्मेदवारको मनोनयन दर्ता गर्ने र २२ गते निर्वाचन गर्ने सहमति बनेको बुर्लाकोटीले बताए ।
उनका अनुसार बैठकमा प्रतिनिधि सभाको नयाँ नियमावली बनाउने सहमति पनि बनेको छ । नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावली अनुसार बैठक सञ्चालन गर्ने सहमति दलहरूबिच बनेको हो ।
त्यस्तै बैठकमा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने, सभामुखको अनुपस्थितिमा सभाको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, जेनजी आन्दोलनका सहिदहरू र अन्य सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्ने, अधिवेशन सुरु हुने दिन शीर्ष नेताहरूले शुभकामना व्यक्त गर्ने विषयमा कुराकानी भएको थियो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिमा सबै दलको उपस्थितिबारे कुराकानी भएको राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुश्वु ओलीले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण