अमेरिकालाई नेटोबाट निकाल्ने गहन विचारमा ट्रम्प
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई नाटोबाट बाहिर निकाल्न गम्भीरतापूर्वक विचार गरिरहेको बताएका छन् ।
टेलिग्राफसँगको अन्तर्वार्तामा ट्रम्पले नेटोलाई 'कागजको बाघ' भन्दै आलोचना गरेका छन् । यति मात्रै होइन, उनले बेलायतसँग नौसेना नभएको दाबी पनि गरेका छन् ।
‘ओहो, हो, म त भन्छु यो पुनर्विचारको विषयभन्दा बाहिर छ...’ पश्चिम एसियामा जारी संघर्षपछि अमेरिकाले नेटोको सदस्यताबारे फेरि विचार गर्ने हो कि भन्ने प्रश्नमा उनले भने । आफू कहिल्यै पनि नेटोबाट प्रभावित नभएको अनि यो कागजको बाघ हो भन्ने कुरा आफूलाई सधैंदेखि थाहा भएको पनि उनले बताए ।
यो कुरा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समेत थाहा भएको पनि उनको भनाइ छ । ‘तिमीहरूसँग त नौसेना नै छैन । तिमीहरू निकै पुराना छौ अनि विमानवाहक जहाजहरूले कामै गर्दैनन्,’ बेलायतको युद्ध जहाजतर्फ औंल्याउँदै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
-
रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण