पूर्णबहादुर खड्कालाई सचेत गराउने कांग्रेस अनुशासन समितिको निर्णय
सारांश
- नेपाली कांग्रेसको अनुशासन समितिले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ।
- खड्काले नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी दाबी गर्दै विज्ञप्ति निकालेका थिए।
- समितिले खड्कालाई यस्ता गतिविधि नरोकेमा पार्टी विधानअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।
काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराउने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको अनुशासन समिति बैठकले खड्काले आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै नक्कली लेटरप्याड बनाएर अनधिकृत वक्तव्य निकालेको भन्दै सचेत गराउने निर्णय गरेको हो ।
‘विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालहरूमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइन्छ,’ समिति बैठकपछि समिति सचिव दिनेश थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खड्काले कार्यवाहक सभापति पद राखेर नेता रमेश लेखकलाई पक्राउ गरेको विरोधमा गत शनिबार पार्टी लेटरप्याडमा विज्ञप्ति जारी गरेका थिए । अब फेरि यस्ता विज्ञप्ति निकालेमा कांग्रेस विधान र प्रचलित कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय पनि समिति बैठकले गरेको छ ।
‘अव उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा रहेको समितिमा केन्द्रीय सदस्यहरू धना खतिवडा र सुवास पोखरेल सदस्य छन् । समितिका संयोजक तारामान गुरुङका अनुसार खड्कासँग नभएको जिम्मेवारी दाबी गर्दै नक्कली लेटरप्याड प्रयोग गरेर वक्तव्य निकाल्नु गलत भएको ठहर बैठकले गरेको छ। अब उप्रान्त यस्ता गतिविधि नरोके पार्टीको विधान र प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुमाथि किन भएन अभियोग दायर ?
-
लखनउको कोचिङ सेन्टरमा भीषण आगलागी, १४ बालबालिकाको मृत्यु
-
बेलायतमा राजनीतिक अस्थिरताः १० वर्षमा सातौँ प्रधानमन्त्री
-
फिलिपिन्सको विद्यालयमा गोलीबारी, तीन विद्यार्थीको मृत्यु
-
विष्णु पौडेल पक्राउबारे जिप्रकाले दियो औपचारिक जानकारी
-
लागुऔषध सेवन गरेर सवारी चलाउने १० चालक हेटौंडाबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण