सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साताको दुई दिन विद्यालय बिदा हुने भ्रामक सूचना फैलिएपछि‍‍...

बुधबार, १८ चैत २०८२, १९ : ४५
बुधबार, १८ चैत २०८२

सारांश

  • शिक्षा मन्त्रालयले शैक्षिक संस्थाहरूमा दुई दिन बिदा हुने हल्लालाई भ्रामक भन्दै खण्डन गरेको छ।
  • मन्त्रालयले ‘अप्रिल फुल’को सन्दर्भ पारेर फैलाइएको गलत सूचनाप्रति ध्यानाकर्षण जनाएको छ।
  • भ्रामक सूचना प्रवाह गर्ने व्यक्तिलाई कारबाही गर्न मन्त्रालयले सम्बन्धित निकायलाई अनुरोध गरेको छ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा साताको दुई दिन सार्वजनिक बिदा हुने भनी सामाजिक सञ्जालमा फैलिएको सूचना पूर्णतः भ्रामक र कपोलकल्पित रहेको स्पष्ट पारेको छ। 

'अप्रिल फुल'को सन्दर्भ पारेर केही व्यक्तिहरूले मन्त्रालयको नाम र लोगो दुरुपयोग गर्दै अब शनिबार र आइतबार दुई दिन विद्यालय बिदा हुने भनी फैलाएको सूचनाप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । 

मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त सूचनामा कुनै सत्यता नभएको उल्लेख गरिएको छ। मन्त्रालयको निर्णय, कारण र उद्देश्यसमेत उल्लेख गरी आधिकारिक जस्तो देखिने गरी बनाइएको सो सूचनाले आम विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाहरूमा अन्योल सिर्जना गरेको भन्दै मन्त्रालयले यस्ता भ्रामक कुराको पछि नलाग्न सबैमा अनुरोध गरेको छ । 

मन्त्रालयले सरकारी कागजात, छाप र हस्ताक्षरको दुरुपयोग गरी गलत सन्देश प्रवाह गर्नु गम्भीर अपराध भएको जनाएको छ । यस्तो भ्रामक एवं मिथ्या सूचना सम्प्रेषण गर्ने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई अनुरोध समेत गरिएको छ । 

suchana

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप