नेकपाको प्रमुख सचेतकमा दुलाल नियुक्त
बिहीबार, १९ चैत २०८२, १६ : ३०
सारांश
- नेकपाका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले युवराज दुलाललाई प्रतिनिधिसभाको प्रमुख सचेतकमा नियुक्त गरेका छन्।
- दुलाललाई प्रमुख सचेतकमा नियुक्त गरिएको जानकारी संघीय संसद सचिवालयलाई औपचारिक पत्र पठाएर गराइएको छ।
- नवनियुक्त प्रमुख सचेतक युवराज दुलाल सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन्।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा संसदीय दलको प्रमुख सचेतकमा सांसद युवराज दुलाल नियुक्त भएका छन्।
पार्टीका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनलाई उक्त पदमा नियुक्त गरेका हुन्। दलका नेता प्रचण्डले बिहीबार सङ्घीय संसद् सचिवालयका महासचिवलाई औपचारिक पत्र पठाउँदै दुलाललाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराएका छन्।
संसद् सचिवालयलाई पठाइएको पत्रमा युवराज दुलाललाई दलका तर्फबाट प्रतिनिधिसभामा प्रमुख सचेतकको रूपमा संसदीय कार्यमा प्रतिनिधित्व गर्ने आवश्यक व्यवस्था मिलाइदिन अनुरोध गरिएको छ।
नवनियुक्त प्रमुख सचेतक दुलाल सिन्धुपाल्चोक२ बाट निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण