समाचार
व्यवसायी दीपक भट्ट पक्राउ
बिहीबार, १९ चैत २०८२, १४ : ४८
सारांश
- व्यवसायी दीपक भट्टलाई प्रहरीले पाटनबाट पक्राउ गरेको छ।
- अध्यागमन विभागले उनलाई यसअघि कालोसूचीमा राखेको थियो।
- सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान सुरु गरेको छ।
काठमाडौँ । व्यवसायी दीपक भट्ट पक्राउ परेका छन् । उनलाई प्रहरीले पाटनबाट नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले रातोपाटीलाई जानकारी दिए ।
यसअघि, अध्यागमन विभागले उनलाई कालोसूचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो ।
भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ । उनी राजनीतिक पहुँचको आडमा राज्यका विभिन्न निकायमा नियुक्ति तथा ठेक्काको सेटिङ मिलाउँदै स्वार्थअनुरुपका काम गर्ने र गराउने गरेको पनि आरोप लाग्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
-
‘झिंगे दाउ २’ असोजमा रिलिज हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण