जनताको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबारको अवस्था बदल्नका लागि हो : रवि लामिछाने
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले पार्टीले पाएको जनमत व्यवस्था बदल्नका लागि भएको बताए।
- उनले जनताको भावना र मतको कदर गर्दै जिम्मेवार भएर काम गर्ने प्रतिबद्धता जनाए।
- लामिछानेले सुशासन र सेवा प्रवाहमा सुधार ल्याउने र परिवर्तनको सुरुवात गर्ने दाबी गरे।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीले पाएको जनमत केवल सरकार चलाउनका लागि मात्र नभई विद्यमान व्यवस्था र कार्यशैली बदल्नका लागि भएको स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले रास्वपाले प्राप्त गरेको मत नेपाली जनताको आशा र आक्रोशको प्रतिविम्ब भएको उल्लेख गरेका हुन् ।
उनले जनताको भावना र मतादेशको कदर गर्दै जिम्मेवार भएर अघि बढ्ने प्रतिज्ञा समेत गरेका छन् । सभापति लामिछानेले जनताले परिवर्तनकै खोजीमा रास्वपालाई रोजेको भन्दै उक्त विश्वासको गुण कामबाटै तिर्ने बताए ।
अब पार्टी र सरकारले बोलेर भन्दा पनि नतिजामुखी काम गरेर आफ्नो औचित्य प्रमाणित गर्नुपर्ने बेला आएको उनको भनाइ छ । ‘हामीले पाएको मत समर्थनको मात्र होइन, यो त परिवर्तनको मत हो,’ उनले सदनमा भने, ‘जनताले दिएको म्यान्डेट सिंहदरबार चलाउन होइन, सिंहदरबारको अवस्था बदल्नका लागि हो ।’ उनले आफूहरूले परिवर्तनको सुरुवात गरिसकेको दाबी गर्दै अब रास्वपाका सांसदहरूले कामबाटै आफूलाई प्रमाणित गर्नुपर्नेमा जोड दिए ।
सम्बोधनका क्रममा उनले अबका दिनमा सरकारका कामहरूले नै बोल्ने विश्वास व्यक्त गरे । सुशासनको सवालमा आफ्नो पार्टीले कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिबद्धता जनाउँदै उनले भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाहमा आमूल सुधार ल्याउने बताए ।
पुराना राजनीतिक दलहरूको कार्यशैलीप्रति जनताको असन्तुष्टि नै रास्वपाको उदयको मुख्य कारण रहेको संकेत गर्दै उनले जनताको अपेक्षा अनुसारको नयाँ राजनीतिक संस्कार स्थापित गर्ने दाबी गरे । सदनमा उपस्थित अन्य दलहरूलाई पनि जनभावना बुझेर काम गर्न आग्रह गर्दै उनले रास्वपा सधैं जनताको पक्षमा उभिने स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण