संसद् बैठक ढिला भएकोमा हर्कराज साम्पाङको आक्रोश : जनताले हामीलाई ढिला गर्न पठाएका होइनन्
सारांश
- श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरे।
- उनले जनताले जनप्रतिनिधिलाई ढिलासुस्ती गर्न नपठाएको भन्दै समयको पालना र अनुशासनमा जोड दिए।
- सांसद राईले आगामी बैठकहरूमा समयमै उपस्थित हुन सभामुखमार्फत ध्यानाकर्षण गराए।
काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा असन्तुष्टि व्यक्त गरेका छन्। बिहीबारको पहिलो संसद् बैठकमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।
बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले जनप्रतिनिधिलाई काममा ढिलासुस्ती गर्न नपठाएको स्मरण गराए। ‘जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो,’ संसदमा बोल्दै उनले भने, ‘नेपाल हो, यहाँ ढिला गरेपनि हुन्छ भन्ने भाष्य लिएर हामी बसेका छौँ। हामीले उन्नति गर्न नसकेको मुख्य कारण नै यही हो।’
देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराए। उनले सभामुखमार्फत माग राख्दै भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।
सांसद राईले देशको सर्वोच्च कानुन बनाउने थलो संसदमै पनि विभेद कायम रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समिति बैठक आह्वान, प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ हुने
-
बाँके राष्ट्रिय निकुञ्जमा पूर्वसूचना प्रणाली जडान
-
नेपालमा बालयौन दुराचारको अभियोगमा सजाय काटेका कुम्ब्स अमेरिकमा पनि दोषी ठहर
-
नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी
-
जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड १४ लाख राजस्व सङ्कलन
-
तस्करीको नयाँ शैली : सिरक र ज्याकेटभित्र सिलिकनमा मिसाएर ल्याइएको साढे ४ किलो कोकेन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण