बादलको सम्बोधनप्रति असन्तुष्टि जनाउँदै नेता पाण्डे भन्छन् – 'घेराबन्दीमा पर्यौँ भन्ने राष्ट्रवादी राजनीति पुरानो भयो'
सारांश
- नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले रामबहादुर थापाको संसद सम्बोधनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
- पाण्डेले घेराबन्दीमा परेको भन्दै गरिने राष्ट्रवादी राजनीति पुरानो भइसकेको टिप्पणी गरेका छन्।
- आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा पार्ने काम नगर्न पाण्डेले आग्रह गरेका छन्।
काठमाडौँ । नेकपा एमालेका संसदीय दलका नेता तथा कार्यवाहक अध्यक्ष रामबहादुर थापाले बिहीबार संसदमा गरेको सम्बोधनप्रति नेता सुरेन्द्र पाण्डेले असन्तुष्टि जनाएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'हिजो संसदमा “षड्यन्त्र”का लामा कथाहरू सुनियो। सेनाले जोगाएन, कर्मचारीले टेरेनन्, प्रविधिले हरायो-सबै दोष अरूलाई! हामी पनि दोषी छौँ । यो वातावरण सिर्जना गर्न हाम्रै सरकारको अकर्मण्यता जिम्मेवार होइन र ? अब यो ‘घेराबन्दी’मा पर्यौँ भन्ने “राष्ट्रवादी” राजनीति निकै पुरानो भयो। अबको एउटा मात्र साँचो राष्ट्रवादी लाइन भनेको नेपालको आर्थिक सुधार हो, बाँकी सबै आ–आफ्ना एजेन्डा मात्र हुन्।'
उनी थप भन्छन्– 'आफ्नो कमजोरी लुकाएर कार्यकर्तालाई भ्रममा राखी अतिवादतिर धकेल्ने काम नगरौँ। २३–२४ छानबिन हुनुपर्छ–तर हाम्रो राजनीति जनताको आकांक्षासँग मेल नखाएको यथार्थलाई बेवास्ता गर्नु हुँदैन।'
थापाको सम्बोधन विवादमा परेपछि यसबारे छलफल गर्न आज नेकपा एमालेको सचिवालय बैठक बस्न गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण