इरानमा द्वन्द्व सुरु हुनुअघि समातिएका थिए अमृत झा, अदालतमा चलिरहेको छ मुद्दा
सारांश
- इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
- अमृत झा इरान र अमेरिकाबीचको द्वन्द्व सुरु हुनुअघि नै पक्राउ परेका थिए र हाल उनको मुद्दा अदालतमा चलिरहेको छ।
- परराष्ट्र मन्त्रालयले झाको रिहाइका लागि आवश्यक पहल भइरहेको र स्थानीय वकिलले उनलाई भेटेको जानकारी दिएको छ।
काठमाडौँ । इरानी सरकारको नियन्त्रणमा रहेका नेपाली नागरिक ३३ वर्षीय अमृत झा सकुशल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इरान–इराक–अमेरिकाबिच द्वन्द्व सृजना हुनुभन्दा पहिले नै उनी पक्राउ परेको परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । उनी हाल त्यहाँको जेलमा रहेको र उनीविरुद्ध जिल्ला अदालतमा मुद्दा चलिरहेको मन्त्रालयको भनाइ छ ।
मुद्दा चलिरहेकै कारण तत्कालै थप केही गर्ने अवस्था नरहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । उनका अनुसार स्थानीय एक जना वकिलले झालाई गएर भेट समेत गरिसकेका छन् ।
उनको विषय अहिलेको द्वन्द्वसँग सम्बन्धित नरहेको पनि उनको भनाइ थियो । उनको बारेमा परराष्ट्र मन्त्रालयले थप बुझ्ने काम गरिरहेको र सम्बन्धित पक्षको सम्पर्कमा रहेको उनले बताए ।
उदयपुर जिल्ला, त्रियुगा नगरपालिका–११ का झा इरानको ब्ल्याक सी मरिन एल.एल.सी कम्पनीमा कार्यरत थिए । दुवईबाट इरानतर्फ इन्धन ढुवानी गर्न गएको र उताबाट फर्किने क्रममा उनलाई इरानी सेनाले स्थानीय बठदर अब्बाबसबाट पक्राउ गरेको थियो । उनी पक्राउ परेको विषय अमृतकी दिदी पुजा झाले मन्त्रालयलाई जानकारी गराएकी थिइन् ।
अमृतका परिवारले परराष्ट्र मन्त्रालयको कन्सुलर विभागमा दिएको उजुरी अनुसार बठदर अब्बास करागारमा अमृतलाई राखिएको दावी गरिएको छ ।
अमृत झाका आफन्तले तत्कालिन परराष्ट्रमन्त्री बलानन्द शर्मा र सचिव अमृतबहादु राईसँग भेटेका थिए । भेटको क्रममा तेल ढुवानी गरेर इजरायलबाट फर्किने क्रममा इराजना–इजरायल–अमेरिका आक्रमणपछिको तनावका कारण सो क्षेत्रमा अवस्था जटिल भई झालाई नियन्त्रणमा लिइएको दावी अमृतका भिनाजु राजेशकुमार झाले गरेका छन् ।
सचिव राईले उनका परिवारलाई विभिन्न सम्पूर्ण सूत्रबाट अमृतको रिहाका लागि पहल भइरहेको बताएका थिए । इजराइल, अमेरिका र इरानबिचको तनाव कम भएको छैन । सोचे जस्तो भइरहेको छैन तैपनि आफूहरूले पहल गरिरहेको कुनै जानकारी आएमा जानकारी गराउने बताएका थिए।
अमृत झाको स्थायी ठेगाना महोत्तरी हो । जागिरको क्रममा अमृतका बुवा उदयपुर गएका थिए । पछि त्यही घर बनाएर बस्न थालेका थिए । स्थायी ठेगाना महोत्तरी भए पनि सबै परिवार उदयपुरमा नै बसिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण