मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अनलाइन स्क्यामिङमा संलग्न ५३७ जना नेपालीको उद्धार, कम्बोडियामा ५ जना पक्राउ

शुक्रबार, २० चैत २०८२, १७ : २१
शुक्रबार, २० चैत २०८२

सारांश

  • दक्षिणपूर्वी एसियामा भइरहेको अवैध अनलाइन स्क्यामिङमा संलग्न ५३७ जना नेपालीको उद्धार गरिएको छ।
  • कम्बोडियामा ठगी र मानव तस्करीको आरोपमा पाँच जना नेपाली पक्राउ परेका छन्।

काठमाडौँ । दक्षिणपूर्वी एसियामा फैलिएको अवैध अनलाइन स्क्यामिङ गतिविधिमा संलग्न नेपाली नागरिकबारे परराष्ट्र मन्त्रालयले पछिल्लो विवरण सार्वजनिक गरेको छ । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर क्षेत्रीले विभिन्न देशबाट नेपालीहरूको उद्धार तथा पक्राउसम्बन्धी विवरण अद्यावधिक गरेका हुन् ।

प्रवक्ता क्षेत्रीका अनुसार पछिल्लो समय कम्बोडियामा पाँच जना नेपाली पक्राउ परेका छन् । उनीहरू ठगी, मानव तस्करी तथा आवश्यक कागजात वा रकम अभावजस्ता विषयमा संलग्न रहेको आरोपमा पक्राउ परेको जानकारी प्राप्त भएको उनले बताए । यसअघि म्यानमारमा १८ जना नेपाली पक्राउ परेको विषय मन्त्रालयले सार्वजनिक गरिसकेको छ ।

अवैध अनलाइन स्क्यामिङ केन्द्रहरूबाट नेपाली नागरिकको उद्धार कार्य निरन्तर जारी रहेको मन्त्रालयले जनाएको छ । हालसम्म कुल ५३७ जना नेपालीको उद्धार भएको छ । जसअनुसार कम्बोडियाबाट ४०९ जना, म्यानमारबाट १११ जना, लाओसबाट आठ जना र थाइल्याण्डबाट ६ जनालाई उद्धार गरिएको छ । थप तीन जना नेपाली आजै स्वदेश फर्किने उनले बताए । 

मन्त्रालयका अनुसार उक्त क्षेत्रमा रहेका नेपाली नियोगहरूले समन्वय र उद्धार कार्यलाई तीव्रता दिएका छन् । अवैध स्क्यामिङ जस्ता गतिविधिमा संलग्न नहुन र विदेश जाँदा वैधानिक प्रक्रिया अपनाउन मन्त्रालयले पुनः सबैमा आग्रह गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप