इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमता नष्ट भएको इजरायली प्रधानमन्त्रीको दाबी
काठमाडाैँ । इजरायलको इरानमा भएको आक्रमणले इरानको स्टिल उत्पादन क्षमताको ७० प्रतिशत नष्ट गरेको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले शुक्रबार बताएका छन् ।
स्टील औद्योगिक र सैन्य उत्पादनमा प्रयोग हुने मिसाइल, ड्रोन र जहाजजस्ता रणनीतिक रूपमा महत्त्वपूर्ण उत्पादनका लागि आवश्यक सामग्री हो।
“हाम्रा अमेरिकी मित्रहरूसँग मिलेर हामी इरानमा ‘आतङ्कवादी शासन’लाई दबाउने क्रमलाई जारी राख्छौँ। हामी कमान्डरहरूलाई नष्ट गर्दैछौँ, पुलहरूमा बमबारी गर्दैछौँ, पूर्वाधारहरूमा बमबारी गर्दैछौँ,“ नेतन्याहूले एक भिडियो वक्तव्यमा भने ।
उनले भने, “हालैका दिनमा वायु सेनाले इरानको ७० प्रतिशत स्टिल उत्पादन क्षमतालाई नष्ट गरेको छ ।” “रिभोलुसनरी गाड्र्सलाई वित्तीय स्रोत र धेरै हतियार उत्पादन गर्ने क्षमताबाट वञ्चित गर्न यो एक ठूलो उपलब्धि हो,” उनले भने।
इरानका दुई ठुला स्टिल प्लान्टहरू अमेरिका र इजरायली हवाई आक्रमणका कारण कारवाहीमा परेका छैनन्। इरानको खुजेस्तान स्टिल कम्पनी र मोबाराकेह स्टिल कम्पनीले प्लान्टको पुनर्संरचना गर्न महिनौँ लाग्ने उनको दावी थियो।
रिभोलुसनरी गाड्र्सले स्टिल प्लान्टमा भएको आक्रमणको बदलामा यस क्षेत्र र इजरायलका औद्योगिक क्षेत्रहरूमा मिसाइल र ड्रोन आक्रमण सुरु गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण