बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
संसद्

अर्याल सभामुखमा निर्विरोध निर्वाचित

आइतबार, २२ चैत २०८२, ११ : २९
आइतबार, २२ चैत २०८२

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्।
  • ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुखमा निर्वाचित भएको घोषणा गरेका छन्।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे । 

अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए । 

त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप