शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सामसङका नयाँ ग्यालेक्सी ए५७ र ए३७ सार्वजनिक

आइतबार, २२ चैत २०८२, ११ : ४३
आइतबार, २२ चैत २०८२

सारांश

  • सामसङले नेपालमा नयाँ ग्यालेक्सी ए५७ र ए३७ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ।
  • यी स्मार्टफोनहरूमा अत्याधुनिक एआई फिचर, ५० मेगापिक्सेलको क्यामेरा र लामो समयसम्म चल्ने सुरक्षा अपडेटको सुविधा छ।
  • कम्पनीले प्रि-अर्डरका लागि अप्रिल ५ देखि १८ सम्मको समय तोक्दै सरल किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको छ।

काठमाडौँ । सामसङ नेपालले आफ्नो लोकप्रिय 'ए' सिरिज अन्तर्गतका दुई नयाँ स्मार्टफोन ग्यालेक्सी ए५७ फाइभजी र ग्यालेक्सी ए३७ फाइभजी नेपाली बजारमा भित्र्याएको छ। अत्याधुनिक एआई फिचर, आकर्षक डिजाइन र शक्तिशाली क्यामेरा प्रणालीसहित आएका यी फोनहरूको प्रि-अर्डर अप्रिल ५ देखि १८ सम्मका लागि खुला गरिएको छ। 

कम्पनीले ‘असम इन्टेलिजेन्स’ को अवधारणासहित प्रयोगकर्ताको दैनिक कामलाई सहज बनाउन यी डिभाइसहरूमा उन्नत सफ्टवेयर र स्मार्ट टूल्सहरू समावेश गरेको छ। नयाँ फोन सार्वजनिक गर्दै सामसङ नेपालका वरिष्ठ निर्देशक प्रणयरत्न स्थापितले अत्याधुनिक प्रविधिलाई सबैको पहुँचमा पुर्‍याउन २४ महिनासम्मको सरल किस्ताबन्दी (ईएमआई) सुविधा समेत ल्याइएको जानकारी दिएका छन्।

यी स्मार्टफोनहरू वन यूआई ८.५ द्वारा सञ्चालित छन्, जसमा आवाजलाई अक्षरमा बदल्ने 'भ्वाइस ट्रान्सक्रिप्सन', स्क्रिनका वस्तु सहजै चयन गर्ने 'एआई सेलेक्ट' र तस्बिरबाट अनावश्यक वस्तु हटाउने 'अब्जेक्ट इरेजर' जस्ता सुविधा छन्। गुगलको 'सर्कल टु सर्च' र परिष्कृत जेमिनी एआईले गर्दा प्रयोगकर्ताले अझ प्राकृतिक रूपमा फोनसँग संवाद गर्न सक्नेछन्। 

फोटोग्राफीका सौखिनहरूका लागि दुवै फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरासहित ट्रिपल क्यामेरा सेटअप दिइएको छ भने नाइटोग्राफी सुविधाले कम प्रकाशमा पनि उत्कृष्ट तस्बिर खिच्न मद्दत गर्छ। ग्यालेक्सी ए५७ फाइभजी जम्मा ६.९ एमएम पातलो र हल्का डिजाइनमा उपलब्ध छ।

सुरक्षाका हिसाबले यी डिभाइसमा ६ वर्षसम्मको सुरक्षा अपडेट र ओएस अपग्रेडको ग्यारेन्टी दिइएको छ। साथै पानी र धूलोबाट जोगाउन आईपी ६८ रेटिङ र उच्च सुरक्षाका लागि नक्स भल्ट जस्ता विशेषता यसमा छन्। 

मूल्यको कुरा गर्दा ग्यालेक्सी ए५७ फाइभजीको सुरुवाती मूल्य ८४ हजार ९ सय ९९ र ए३७ फाइभजीको सुरुवाती मूल्य ६४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। प्रि-अर्डर गर्ने ग्राहकले ४ हजार रुपैयाँसम्मको मेमोरी अपग्रेड अफर पाउनुका साथै केवल नागरिकताको आधारमा मासिक १७ सय ६४ रुपैयाँदेखिको ईएमआईमा फोन खरिद गर्न सक्नेछन्। 

५००० एमएएचको शक्तिशाली ब्याट्री र सुपर एमोलेड डिस्प्लेले गर्दा यी फोनहरूले प्रयोगकर्तालाई उत्कृष्ट भिजुअल अनुभव र लामो ब्याट्री ब्याकअप दिनेछन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप