सात वर्षपछि पहिलो पटक भारतले किन्यो इरानी तेल
सारांश
- भारतले सात वर्षको अन्तरालपछि इरानबाट कच्चा तेल खरिद गरेको छ।
- पश्चिम एशियाको द्वन्द्वका कारण आपूर्तिमा अवरोध आएपछि भारतले तेलको वैकल्पिक स्रोत सुनिश्चित गरेको हो।
- भारतले इरानबाट ४४ हजार मेट्रिक टन तरलीकृत पेट्रोलियम ग्यास पनि भित्र्याएको छ।
नयाँ दिल्ली । भारतले सात वर्षपछि पहिलोपटक इरानसँग कच्चा तेल किनेको छ । पश्चिम एशियामा जारी द्वन्द्वका कारण आपूर्ति अवरुद्ध भएपछि भारतले यस्तो कदम चालेको हो । भारतीय तेल मन्त्रालयका अनुसार स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल आपूर्तिमा अवरोध आएपछि भारतीय रिफाइनरीहरूले इरानबाट समेत तेल सुनिश्चित गरेका छन् ।
भारत विश्वकै तेस्रो ठूलो तेल आयातकर्ता तथा उपभोक्ता देश हो । भारतले सन २०१९ मेपछि पहिलोपटक इरानबाट तेल ल्याएको हो । त्यसबेला अमेरिकाको दबाबका कारण भारतले इरानी कच्चा तेल आयात बन्द गरेको थियो । “पश्चिम एशियामा आपूर्ति अवरोध भइरहेका बेला भारतीय रिफाइनरीहरूले आफूलाई आवश्यक कच्चा तेल सुरक्षित गरेका छन्, जसमा इरान पनि समावेश छ । इरानी तेल आयातमा कुनै भुक्तानी समस्या छैन,” मन्त्रालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
गत महिना अमेरिकाले आपूर्ति अभाव कम गर्नका लागि इरानी तेल तथा प्रशोधित इन्धनमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाएको थियो । मन्त्रालयका अनुसार भारतले आगामी महिनाहरूका लागि आवश्यक कच्चा तेलको पूर्ण व्यवस्था गरिसकेको छ । भारतले ४० भन्दा बढी देशबाट तेल आयात गर्दै आएको छ । कम्पनीहरूलाई व्यापारिक आधारमा विभिन्न स्रोतबाट तेल किन्ने स्वतन्त्रता छ ।
यसैबीच भारतले इरानबाट ४४ हजार मेट्रिक टन तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) पनि किनेको छ । उक्त ग्यास बोकेको जहाज बुधबार मैंगलोर बन्दरगाहमा पुगेको र हाल इन्धन उतार्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण