सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

राष्ट्रिय सभामा दलहरूबिच उपाध्यक्ष र समिति बाँडफाँड

आइतबार, २२ चैत २०८२, १३ : ३६
आइतबार, २२ चैत २०८२

सारांश

  • राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र विभिन्न संसदीय समितिका सभापति पदहरू दलहरूबिच आपसी सहमतिमा बाँडफाँड गरिएको छ।
  • सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष पद नेकपा एमालेले पाउने भएको छ।
  • कांग्रेसले दुई, नेपाली कम्युनिस्ट पार्टीले एक र मधेसवादी दलले एक समितिको सभापति लिने गरी भागबन्डा गरिएको छ।

काठमाडौँ । राष्ट्रिय सभामा रिक्त उपाध्यक्ष र समितिहरू दलहरूले आपसी सहमतिमा बाँडफाँड गरेका छन् ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक कृष्णबहादुर रोकायले ४ समितिमध्ये २ समिति कांग्रेस, १ समिति नेपाली कम्युनिस्ट पार्टी र एक समिति मधेसवादी दललाई दिने सहमति बनेको जानकारी दिए । 

आइतबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र मधेसवादी दलहरूको बैठकले त्यस्तो सहमति गरेको हो । 

एमालेलाई भने राष्ट्रिय सभाको उपाध्यक्ष दिने सहमति बनेको छ ।

‘राष्ट्रिय सभामा कांग्रेस सबैभन्दा ठूलो पार्टी हो । त्यसैले सबैलाई मिलाएर जानुपर्छ भन्ने बुझाइमा हाम्रो नेतृत्वमा  राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बसेर सहमति गर्‍यौँ,’ रोकायले रातोपाटीसँग भने, ‘उपाध्यक्ष र समिति सभापतिहरू दलहरूबिच बाँडफाँड गरेका छौँ ।’

रोकायका अनुसार कांग्रेसले आर्थिक मामिला तथा सुशासन समिति र विधायन समितिको सभापति लिनेछ ।

 नेपाली कम्युनिस्ट पार्टीले संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापति लिनेछ । त्यस्तै मधेसवादी दलहरूले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापति लिनेछन् ।

राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १०, जनता समाजवादी पार्टी नेपालका ३, राष्ट्रिय जनमोर्चाका १ र मनोनीत २ सांसद छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप