कलाकार ‘बले’ लाई पाँच दिन हिरासतमा राख्न अनुमति
आइतबार, २२ चैत २०८२, १८ : १३
सारांश
- कलाकार सागर लम्साल 'बले' लाई अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।
- बलात्कारको जाहेरी नपरेपछि प्रहरीले पीडित भनिएकी युवतीको परिवारलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । कलाकार सागर लम्साल ‘बले’ लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागी ५ दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वराराज पौडेलले रातोपाटीलाई बताए ।
बलात्कार सम्बन्धी कसुरमा जाहेरी नआएपछि प्रहरीले उनलाई अभद्र व्यवहार मुद्दामा म्याद लिएर हिरासतमा राखेको हो । अमेरिकामा बस्ने एक जना युवतीले आफू बलेबाट बलात्कृत भएको भन्दै सामाजिक सञ्जाल (फेसबुक)मा लेखेकी थिइन् ।
सो स्ट्याटसपछि बलेले पीडित युवतीको परिवारलाई अभद्र व्यवहार गरेको आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । उनले भने, ‘बलात्कारको जाहेरी आएको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण