लागुऔषधसहित युवती पक्राउ, जेनजी आन्दोलनका क्रममा जेलबाट भागेको खुलासा
सारांश
- पोखराको सैनिक बस्तीबाट लागुऔषध र ४ लाख १ हजार रुपैयाँ नगदसहित २६ वर्षीया सिमा दर्जी पक्राउ परेकी छन्।
- दर्जी यसअघि लागुऔषध मुद्दामा सजाय काटिरहेको अवस्थामा गत भदौ २४ गते कारागारबाट फरार भएकी थिइन्।
- पक्राउ परेकी दर्जीमाथि ६ दिनको म्याद थप गरी प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
पोखरा । कास्की प्रहरीले पोखराको सैनिक बस्तीबाट लागुऔषध र ठुलो परिमाणमा नगदसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले पर्वत कुश्मा घर भई हाल पोखरा-२९ बस्ने २६ वर्षीया सिमा दर्जीलाई पक्राउ गरेको हो।
दर्जीको साथबाट प्रहरीले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी जम्मा ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र ४ लाख १ हजार रुपैयाँ नगद बरामद गरेको छ। पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेकी दर्जी यसअघि पनि लागुऔषध मुद्दामा दोषी ठहर भई कास्की कारागारमा सजाय काटिरहेकी कैदी हुन्। तर, गत भदौ २४ गते देशमा भएको जेनजी आन्दोलनको मौका छोपेर उनी कारागारबाट फरार भएको खुलेको छ।
जेलबाट भागेपछि पुनः लागुऔषधकै कारोबारमा सक्रिय रहेको अवस्थामा उनी नगदसहित प्रहरीको फन्दामा परेकी हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक किन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण