‘लालीबजार’काे दोस्रो गीत ‘मिठो संसार’ सार्वजनिक
सारांश
- फिल्म 'लालीबजार' को दोस्रो गीत 'मिठो संसार' सार्वजनिक गरिएको छ।
- यो गीतमा आमा र छोरीबीचको प्रेम तथा सङ्घर्षलाई चित्रण गरिएको छ।
- फिल्म आगामी वर्षको वैशाख १८ गतेबाट प्रदर्शनमा आउने भएको छ।
काठमाडौँ । फिल्म ‘लालीबजार’ को दोस्रो गीत ‘मिठो संसार' सार्वजनिक गरिएको छ । फिल्मका दृश्यहरूलाई समावेश गरेर तयार गरिएको गीतमा समीक्षा अधिकारीसँगै दिलिजा रुवाली, अलिशा शर्मा र पूर्णिमा तामाङको स्वर छ। कोरसमा गुराँस ठकुरी र गायत्री राना मगरको स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द, सङ्गीत जयन जे वाइवा रहेको छ । पहिलो गीत ‘मायालाई के दिऊँ म बैना’ लाई युट्युबमा भ्यूज एक करोड बढी भ्यूज प्राप्त भएपछि निर्माण पक्षले दोस्रो गीत सार्वजनिक गरेको हो । ‘मायालाई के दिऊँ म बैना’ करोड भ्यूज नाघेको अवसरमा निर्माण पक्षले केक काट्दै खुसियाली समेत साटेको छ । सार्वजनिक गरिएको दोस्रो गीत ‘मिठो संसार' मा फिल्मकी दुई कलाकार स्वस्तिमा खड्का, प्रशंसा सुवेदी, बालकलाकार समाइरा थापा लगायत फिचर्ड छन् ।
षट्कोण आर्टसले निर्माण गरेको फिल्मका लेखक तथा निर्देशक यम थापा हुन् । निर्देशक थापाले सार्वजनिक दोस्रो गीत फिल्मको कथासँग जोडिएको बताए । उनले भने, ‘गीतमा आमा र छोरी बिचको प्रेम देखाइएको छ । छोरी प्रति आमाको माया र हुर्काउन गर्ने सङ्घर्षलाई चित्रण गरिएको छ ।’
फिल्म 'लालीबजार' को प्रदर्शन मिति आगामी वर्ष वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थिएटरमा अभिनेता र निर्देशकको रूपमा काम गरिरहेका कलाकार हुन् भने प्रशंसा जेनजी अभियन्ताका रूपमा चर्चित छिन् ।
फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'सिनेमा मानव अधिकार प्रवर्द्धनको सशक्त माध्यम हो'
-
पिसाबमा गन्ध आउनु कुन रोगको लक्षण हो ?
-
कर्णालीको यातायात कार्यालयको आम्दानीको ८० प्रतिशत हिस्सा सवारी साधन कर
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण