बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

इरान र अमेरिका बिचको संवादमा सहजीकरण गर्दैछन् पाकिस्तान र इजिप्ट

सोमबार, २३ चैत २०८२, ११ : ४८
सोमबार, २३ चैत २०८२

सारांश

  • पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन्।
  • पाकिस्तानी विदेशमन्त्रीले इरानी समकक्षीसँग टेलिफोन संवाद गर्दै तनाव घटाउन कूटनीतिक माध्यममा जोड दिएका छन्।

तेहरान । पाकिस्तान र इजिप्टले इरान र अमेरिकाबिच सञ्चार समन्वय गरिरहेका छन् । ती दुई देशले समन्वय गरिरहेको पाकिस्तानी अधिकारी सम्बद्ध स्रोतलाई उद्धृत गर्दै आइतबार सीएनएनले समाचार प्रकाशित गरेको छ ।  

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा आवागमन खुलाउन इरानलाई नयाँ समय सीमा दिएको समयमै उक्त समाचार आएको हो । उनले आइतबार एक्सियोससँगको अन्तर्वार्तामा आफ्ना विशेष दूतहरू स्टीव विटकफ र जेरेड कुशनर इरानसँग वार्तामा संलग्न रहेको बताएका थिए ।

यसैबिच, पाकिस्तानको विदेश मन्त्रालयले शनिबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री मोहम्मद इसहाक दारले आफ्ना इरानी समकक्षी अब्बास अराघचीसँग टेलिफोन संवाद गरेको जनाएको छ । 

उक्त संवादका क्रममा दारले तनाव घटाउने सबै प्रयासमा पाकिस्तानको पूर्ण समर्थन रहेको दोहोर्‍याउँदै समस्याहरूको समाधान संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्नेमा जोड दिएका थिए । साथै, क्षेत्रीय स्थिरता कायम राख्न सबै पक्षले संयमता अपनाउनुपर्ने आवश्यकता पनि उनले औँल्याएका थिए ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप