अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
चितवन । दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ । सङ्घले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी प्रदर्शनीका बारेमा जानकारी गराएको छ । नेपालका उद्योगहरूको प्रवर्द्धनका लागि आयोजना गर्न लागिएको प्रदर्शनीले आयातलाई प्रतिस्थापन गर्दै निर्यातलाई प्रवर्द्धन गर्न सहयोग पुग्ने सङ्घका अध्यक्ष मदन घिमिरेले जानकारी दिए ।
प्रदर्शनीमा उत्पादन तथा सेवामूलक उद्योगको लागि उपयोगी हुने मेसिन तथा प्रविधिको प्रदर्शनी गरिने छ । हस्तकला, गार्मेन्ट, निर्माणजन्य सामग्रीहरू, प्लाष्टिक, प्रिन्टिङ, प्याकेजिङ, कृषि, ऊर्जालगायतका उत्पादनलाई सहयोग पुग्ने सामग्रीको प्रदर्शनी गरिने छ ।
प्रदर्शनीमा सातवटै प्रदेशका स्टलहरू रहने छन् । राष्ट्रिय आविष्कार केन्द्रको प्रविधि तथा मेसिनरीको स्टल र मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगसमेत स्टलमा रहने जानकारी उनले दिए । एक सय वटा स्टल रहने प्रदर्शनीमा २५ हजारभन्दा बढी उद्योगी, व्यवसायीको सहभागिता रहने अपेक्षा आयोजकले गरेको छ । अहिले नेपालमा उत्पादित सामग्री भारत, इथोपिया, श्रीलङ्काजस्ता देशमा पुगेको भन्दै उत्पादित वस्तुको बजारीकरणमा समेत सहयोग पुग्ने उनले बताए ।
राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पहुँचका लागि वातावरण तयार गर्न नेपालको वर्तमान औद्योगिक अवस्था र भावी गन्तव्य विषयमा प्रदर्शनीका क्रममा छलफल गरिने छ । युवाहरूलाई उद्यमशीलतातर्फ प्रेरित गर्न, रोजगारी वृद्धि र स्थानीय स्रोतसाधनको अधिकतम उपयोगमार्फत स्वदेशी उद्योगको उन्नति एवं समृद्ध राष्ट्र निर्माणका लागि प्रदर्शनी सहयोगी बन्ने सो अवसरमा जानकारी दिइयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समाचार हटाउन अदालतले दिएको आदेशप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
-
एकल उम्मेदवारी परेसँगै रास्वपा सभापतिमा लामिछाने सर्वसम्मत
-
रास्वपा केन्द्रीय सदस्यमा सन्तोष पन्तको उम्मेदवारी दर्ता
-
रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण
-
परराष्ट्र मन्त्री शिशिर खनालद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
-
१० बजे १० समाचार : प्रदेश सभा खारेज गर्ने रास्वपाको प्रस्तावदेखि सुकुमबासीलाई अल्टिमेटमसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण