प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्छन् : मनिष झा
सारांश
- रास्वपाका सांसद मनिष झाले सदनमा जनताको प्रश्नको सुनुवाइ नभए जनता आफैँ सदनमा प्रवेश गर्ने चेतावनी दिएका छन्।
- उनले सदनलाई सत्ताका केन्द्रहरूको छायाबाट मुक्त बनाउनुपर्नेमा जोड दिएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्तासमेत रहेका प्रतिनिधिसभा सदस्य मनिष झाले सदनमा जनताको प्रश्नको अस्तित्व नभए जनता आफैँ सदनमा छिर्ने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद झाले सदन भनेको जनताको आवाज उठाउने ठाउँ भएको बताएका हुन् ।
‘सदनमा जनताको प्रश्नको अस्तित्व हुँदैन भने त्यहाँ जनता आफैँ छिर्छन्,’ झाले भने, ‘त्यो भदौ २३ र २४ गते देखियो । त्यो सहकर्मी साथीहरूले सम्झिरहनुहोला ।’
यसअघि सदन बालुवाटार, बूढानीकलकन्ठ, बालकोट र खुमलटारको बन्न खोज्दा भदौ २३ र २४ को घटना घटेको झाले बताए । उनले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याललाई सदनलाई स्वतन्त्र बनाउन शुभकामना दिए ।
सदनमा सत्तापक्षको दम्भ देखिदा जेनजी आन्दोलन भएको झाले बताए । ‘सत्ताले सदनमा दम्भ देखाउँदा के हुन्छ, त्यो भदौ २३ र २४ देखिइसक्यो,’ झाले भने, ‘सभामुखले उदारता देखाउनु छ, संस्कार देखाउनु छ र विश्वास दिलाउनु छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण