ओली र लेखकलाई पक्राउ गर्नु गैरकानुनी : वरिष्ठ अधिवक्ता खरेल
सारांश
- वरिष्ठ अधिवक्ता अग्नि खरेलले केपी शर्मा ओली र रमेश लेखकको पक्राउ गैरकानुनी भएको जिकिर गरेका छन्।
- खरेलले सरकारले चयनमुखी भएर दुई जनालाई मात्र पक्राउ गरेको आरोप लगाएका छन्।
काठमाडौँ । वरिष्ठ अधिवक्ता अग्नि खरेलले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने कार्य गैरकानुनी भएको जिकिर गरेका छन् ।
साेमबार ओली र लेखकको तर्फबाट बहस गर्दै उनले बन्दी प्रत्यक्षीकरण रिटमा सरकारले चयनमुखी रूपमा दुई जनालाई पक्राउ गरेको बताए । बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ ।
‘जाहेरीकै आधार र कारण देखाएर पक्राउ गरिएको भए अहिलेको प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङको विषयमा समेतको नाममा पनि जाहेरी परेर तामेली भएको र पछि जगाउने काम भएको छ,’ उनले भने, ‘जाहेरीमा भएको नाममध्ये दुई जनालाई मात्रै किन पक्राउ गरियो ? जाहेरीकै आधारलाई मानेको हो भने अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीलाई भदौ २३ र २४ को घटनामा पक्राउ किन गरिएन ?’
बहसमा खरेललाई रोक्दै न्यायाधीश विनोद शर्माले भने यहाँ त जाहेरी मध्ये दुई जनालाई मात्रै कारबाही गरी पाउ भनेको छ त ? भन्दै प्रतिप्रश्न गरेका थिए ।
न्यायाधीश शर्माको प्रश्नमा खरेलले भने– ‘त्यही त चयनमुखी भयो भनेको श्रीमान् । तामेली जगाउने निर्णय भएपछि ज जसको नाममा जाहेरी छ ती सबैलाई किन पक्राउ गरिएन ?’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण