ग्रामीण होमस्टे प्रवर्द्धनका लागि स्थानीय परिकार निर्माण सम्बन्धी तालिम सम्पन्न
सारांश
- रसुवाको आमाछोदिङ्मो गाउँपालिकामा ग्रामीण होमस्टे प्रवर्द्धनका लागि स्थानीय परिकार निर्माण सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ ।
- तालिममा सहभागीहरूलाई स्थानीय कच्चा पदार्थको प्रयोग गरी खानाका विभिन्न परिकार बनाउने सीप र होमस्टे सञ्चालन सम्बन्धी ज्ञान प्रदान गरिएको छ ।
रसुवा । रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्द्धनका लागि स्थानीय परिकार निर्माण सम्बन्धी कुक तालिम सम्पन्न गरिएको छ ।
आमाछोदिङ्मो गाउँपालिकाको आयोजना तथा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टको सहकार्यमा आइतबार उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष बुचुङ तामाङले प्राकृतिक सुन्दरता, कृषि र हाइड्रो पर्यटनको प्रचुर सम्भावना रहेको स्रोत र साधनले सम्पन्न यो गाउँपालिकाको पर्यटन विकासमा गाउँपालिका–५ पुरानो तातोपानीमा ३ दिने ग्रामीण होमस्टे प्रवर्धनका लागि स्थानीय परिकार निर्माण सम्बन्धी कुक तालिम तथा आतिथ्यता सत्कार तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
तालिममा सहभागीहरूलाई यो सिकेको सीप र ज्ञानलाई व्यवहारमा उतारेर उपचार पद्धतिमा प्रयोग हुँदै आएको चिलिमे तातोपानी क्षेत्रको पर्यटन विकासमा सहभागी हुन समेत प्रमुख तामाङले आग्रह गरे ।
कार्यक्रमका सभाध्यक्ष तथा वडाअध्यक्ष दावा गोम्बो तामाङले सामाजिक विकासका लागि सिकेको सीप व्यवहारमा उतार्न आग्रह गरे ।
आफूसँग भएका कच्चा पदार्थलाई स्थानीय सीप र श्रमको प्रयोग गरी उत्पादन गरिएका उपभोग्य वस्तुहरूको उपभोग गर्ने सोचको विकास हुनु पर्ने धारणा व्यक्त गरे ।
त्यसैगरी तालिममा उत्सुकतापूर्वक सहभागिता जनाएका प्रशिक्षार्थीहरूले तालिमको आयोजना गरेर आफूहरूलाई एउटा आर्थिक विकासको विकल्प देखाइएको र यो तालिमले आफूहरूलाई होमस्टे सञ्चालन गरेर आयआर्जन गर्ने अवसर मिलेको प्रतिक्रिया व्यक्त गरेका थिए ।
डा. अलखबाबु (आलोक) प्रसाईद्वारा होमस्टे पर्यटनको सैद्धान्तिक प्रशिक्षण दिइएको उक्त तालिममा दुई दर्जनभन्दा बढी होमस्टेकर्मी तथा होटल व्यवसायीहरूको सहभागिता रहेको थियो ।
त्यसैगरी चर्चित युवा सेफ बिजय घिमिरेद्वारा स्थानीय खाद्य उत्पादनलाई खानाका विभिन्न परिकार बनाउन सकिने सीप सिकाइएको उक्त तालिममा एक्स्प्लोर इन्स्टिच्युट अफ होटल म्यानेजमेन्टका निर्देशक राजेन्द्रप्रसाद त्रिपाठीले होमस्टे पर्यटनको बजारीकरणसम्बन्धी प्रशिक्षण दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
-
विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
-
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
-
भारततर्फको चिया निर्यातमा देखिएका समस्या समाधान गर्न सरकारद्वारा विशेष कार्यदल गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण