सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सर्विया र जर्जिया पठादिन्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ

सोमबार, २३ चैत २०८२, १७ : ४६
सोमबार, २३ चैत २०८२

सारांश

  • वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन्।
  • पक्राउ परेका व्यक्तिहरूले सर्विया र जर्जिया पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट लाखौं रुपैयाँ ठगी गरेका हुन्।
  • उनीहरूलाई थप अनुसन्धानका लागि वैदेशिक रोजगार कार्यालय ताहाचल पठाइएको छ।

काठमाडौँ । वैदेशिक रोजागारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ललितपुरको गोदावरी नगरपालिका १२ का २५ वर्षीय आयुष कार्की र डोटीको आदर्श गाउँपालिका ५ घर भई काठमाडौँ महानगरपालिका ३१ बस्ने २७ वर्षीय किरण ताम्राकारलाई पक्राउ गरेको हो ।

कार्की र ताम्राकारले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर सर्विया र जर्जिया लैजाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कार्कीले सर्विया पठाइदिने भन्दै १८ लाख ९० हजार र  ताम्राकारले जर्जिया पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेका हुन् ।

पक्राउ परेका कार्की र ताम्राकारलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार कार्यालय ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप