एक्स्ट्रिम इनर्जी ड्रिंक्सले ल्यायो नयाँ अफर : टिकटक बनाएर आईपीएल हेर्ने मौका
काठमाडौं । नेपालको लोकप्रिय इनर्जी ड्रिंक्स ब्राण्ड ‘एक्स्ट्रिम इनर्जी ड्रिंक्स’ले आफ्ना उपभोक्ताहरूलाई लक्षित गर्दै आकर्षक टिकटक क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले ‘वाटरले पुग्दैन है.... एक्स्ट्रिम नै चाहिन्छ...’ नामक अभियान सुरु गरेको हो ।
यस क्याम्पेनमा सहभागी हुने भाग्यशाली विजेताहरूले भारतमा भइरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिता प्रत्यक्ष हेर्ने अवसर प्राप्त गर्नेछन् ।
सहभागीहरूमध्येबाट प्रत्येक हप्ता एक जना भाग्यशाली विजेतालाई ४ दिनको भ्रमण प्याकेजसहित निःशुल्क रूपमा भारत गएर आईपीएल हेर्ने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।
कसरी सहभागी हुने ?
यस क्याम्पेनमा सहभागी हुन इच्छुक उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक टिकटक एकाउन्टमा उपलब्ध ‘वाटरले पुग्दैन है एक्स्ट्रिम नै चाहिन्छ...’ बोलको गीतमा टिकटक भिडियो बनाएर पोस्ट गर्नुपर्नेछ । भिडियो पोस्ट गर्दा अनिवार्य रूपमा #XtremeEnergyDrink ह्यासट्याग प्रयोग गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सहभागीहरूमध्येबाट हरेक दिन एक जना विजेता छनोट गरिनेछ । विजेताहरूको घोषणा कान्तिपुर म्याक्स टेलिभिजनमा प्रसारण भइरहेको आईपीएलको प्री-म्याच कार्यक्रममा गोलाप्रथामार्फत प्रत्यक्ष रूपमा गरिनेछ ।
यस क्याम्पेन सम्बन्धी थप विस्तृत जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंकको आधिकारिक फेसबुक पेजमा उपलब्ध छ । यस अभियानमार्फत खेलकुद र मनोरञ्जनलाई जोड्दै आफ्ना उपभोक्ताहरूलाई एक विशेष र अविस्मरणीय अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन: मध्यरातमा सार्वजनिक भयो दोस्रो चरणको कार्य तालिका, बिहान ४ बजेदेखि मतदान
-
रास्वपा उपसभापतिमा सोबिता गौतमको प्रस्तावक बनिन् प्रतिभा रावल
-
रास्वपा भूगोलतर्फको चुनावी नतिजा: प्रदेशबाट कसले कति मत पाए ? (सूचीसहित)
-
निर्वाचन आयोगले विजेता घोषणा नगर्दै रास्वपामा बढे महामन्त्रीको आकांक्षी
-
रास्वपामा सर्वाधिक मत ल्याउने ३५ उम्मेदवार को–को हुन् ? (हेर्नुहोस् सूची)
-
१२ बजे १२ समाचार: रास्वपाको ‘प्रदेश सभा खारेज’ प्रस्तावको विरोधदेखि एन्फा निलम्बनमासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण