गृह मन्त्रालयमा ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गरिने
सारांश
- शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन गृह मन्त्रालयले 'सेन्ट्रल कमान्ड सिस्टम' स्थापना गर्ने निर्णय गरेको छ।
- यो प्रणालीमार्फत देशभरका सुरक्षा निकायसँग सिधा सम्पर्क कायम गरी सूचना आदानप्रदान र अनुगमन कार्यलाई तीव्रता दिइनेछ।
- मन्त्रालयले उजुरीको प्रगतिबारे जानकारी दिने व्यवस्था र जनगुनासो सुन्नका लागि कल सेन्टर समेत सञ्चालनमा ल्याउने भएको छ।
काठमाडौँ । शान्ति सुरक्षा तथा अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउन गृह मन्त्रालयले ‘सेन्ट्रल कमान्ड सिस्टम’ स्थापना गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
सेन्ट्रल कमान्ड सिस्टम अनुसार सो प्रणालीमार्फत देशभरका जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरीको कार्यालयहरूसँग सिधा सम्पर्क कायम गरिने छ । यसबाट सूचना आदानप्रदानलाई तीव्र बनाउनुका साथै महत्त्वपूर्ण स्थानहरूको प्रत्यक्ष अनुगमन गर्न सहयोग पुग्ने गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले रातोपाटीलाई बताए ।
गृहमन्त्री सुधन गुरुङले प्रणाली स्थापनाको काम तत्काल अघि बढाउन निर्देशन दिएका छन् । त्यस्तै गृह मन्त्रालयले सर्वसाधारणले दिएका उजुरी तथा दर्ता भएका जाहेरीहरूको प्रगति विवरण अब सम्बन्धित व्यक्तिलाई फोन, एसएमएस र इमेलमार्फत उपलब्ध गराइने व्यवस्था कार्यान्वयनमा ल्याउने भएको छ । नेपाल प्रहरीले यस सम्बन्धमा मातहतका कार्यालयहरूलाई आवश्यक निर्देशन दिइसकेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले उक्त व्यवस्थाको साप्ताहिक प्रतिवेदन मन्त्रालयमा पेस गर्न तथा क्रमशः अन्य निकायहरूमा समेत लागू गर्न निर्देशन दिएका छन् ।
बैठकले गृह मन्त्रालय र मातहतका निकायहरूको कार्यसम्पादनमा जनताको गुनासो सुन्ने प्रणालीलाई थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ । यसका लागि सबै कार्यालयमा गुनासो व्यवस्थापन संयन्त्र सक्रिय बनाइनेछ भने मन्त्रालयमा कल सेन्टर स्थापना गरी जनगुनासो सम्बोधन गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण