अमेरिकाबाट डिपोर्ट गरिएका आप्रवासी स्वीकार गर्न सहमत भयो कङ्गो
सारांश
- प्रजातान्त्रिक गणतन्त्र कङ्गो अमेरिकाबाट डिपोर्ट गरिएका तेस्रो देशका आप्रवासीहरूलाई स्वीकार गर्न सहमत भएको छ।
- यो योजनाका लागि आवश्यक प्राविधिक तथा लजिस्टिक सहयोग अमेरिकाले उपलब्ध गराउने र कङ्गो सरकारलाई कुनै आर्थिक भार नपर्ने बताइएको छ।
- कङ्गोले यो कार्यक्रम स्थायी बसोबास योजना नभएको र मानव अधिकारको प्रतिबद्धताअनुसार अघि बढाइएको स्पष्ट पारेको छ।
वासिङ्टन डिसी । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो)ले अमेरिकाबाट डिपोर्ट गरिएका कंगोली नागरिक बाहेकका आप्रवासीहरूलाई स्वीकार गर्ने सहमति जनाएको छ । अधिकारीहरूका अनुसार यो सम्झौता यसै महिनादेखि लागू भएको हो ।
कंगोको सञ्चार मन्त्रालयले अस्थायी रूपमा आप्रवासीहरूलाई स्वागत गर्न विशेष व्यवस्था गरिएको र राजधानी किन्शासामा बसोबासका लागि स्थानहरू चयन गरिएको जनाएको छ । यस योजनाका लागि आवश्यक लजिस्टिक र प्राविधिक सहयोग अमेरिकाले उपलब्ध गराउनेछ भने कङ्गो सरकारले कुनै आर्थिक भार वहन गर्नु नपर्ने बताइएको छ ।
सरकारले कति सङ्ख्यामा डिपोर्टीहरू स्वीकार गरिनेछ भन्ने खुलाएको छैन । अमेरिकाले आप्रवासन नियन्त्रण कडा बनाउने नीति अन्तर्गत यसअघि पनि अफ्रिकाका विभिन्न देशहरूमा डिपोर्टीहरू पठाउँदै आएको छ ।
सरकारका अनुसार तेस्रो देशका आप्रवासी स् वीकार गर्ने निर्णय मानव मर्यादा, अन्तर्राष्ट्रिय एकता र आप्रवासीहरूको अधिकार संरक्षणप्रति कंगोको प्रतिबद्धतासँग मेल खानेछ । यद्यपि, कंगोले यो कार्यक्रम स्थायी बसोबास योजना नभएको र आप्रवासन नीतिको आउटसोर्सिङ पनि नभएको स्पष्ट पारेको छ ।
अमेरिकाको विदेश मन्त्रालयले यस विषयमा कूटनीतिक विवरणमा टिप्पणी नगर्ने जनाए पनि अवैध आप्रवासन अन्त्य र सीमा सुरक्षा सुदृढ गर्ने प्रतिबद्धता दोहोर्याएको छ । डोनाल्ड ट्रम्पको प्रशासनले सत्तामा आएपछि तेस्रो देशहरूमा डिपोर्ट गर्ने नीति अपनाएको छ, जसको मानव अधिकार समूहहरूले आलोचना गर्दै यसको वैधानिकतामाथि प्रश्न उठाएका छन्।
यस पहलमा कंगोसँगै इस्वाटिनी, घाना र दक्षिण सुडानजस्ता देशहरू पनि सहभागी भएका छन् । गत साता विभिन्न अफ्रिकी देशका आठ जना आप्रवासीलाई युगान्डा पठाइएको थियो । अमेरिकी सिनेटको वैदेशिक सम्बन्ध समितिको प्रतिवेदनअनुसार, जनवरी २०२६ सम्म यस्ता तेस्रो देश डिपोर्ट कार्यक्रममा ४० मिलियन डलरभन्दा बढी खर्च भएको अनुमान गरिएको छ, यद्यपि कुल खर्च स्पष्ट छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरजुसहित १८ जना प्रतिवादीविरुद्ध मुद्दा दायर
-
जिम जाने र योगा गर्नेमध्ये को बडी फिट हुन्छन् ?
-
गगनले सम्झाएको २०१८ सालमा चितवनको गेष्टहाउस चौर घटना के थियो ?
-
सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन
-
अमेरिकी कम्पनीमाथि चीनको प्रतिबन्ध
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण