एमालेका विशेष महाधिवेशन पक्षधरलाई बादलले च्यासलमा बोलाए
सारांश
- नेकपा एमालेका कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले विशेष महाधिवेशनको माग गर्ने नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
- मंगलवार दिउँसो ३ बजे पार्टी कार्यालय च्यासलमा छलफलका लागि बोलाइएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिएका छन्।
काठमाडौँ । नेकपा एमालेमा नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएका नेताहरूलाई कार्यवाहक अध्यक्ष रामबहादुर थापा बादलले छलफल गर्न बोलाएका छन् ।
मंगलबार दिउँसो ३ बजे नेता थापाले पार्टी कार्यालय च्यासलमा बोलाएको अनेरास्ववियुका उपमहासचिव कमल जोशीले जानकारी दिए ।
‘छलफल गर्नुछ आउनु भनेर खबर आएको छ’, जोशीले भने, ‘विशेष महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाउनेहरूलाई बोलाएको भन्ने सुनेको छु ।’
हस्ताक्षर अभियानमा संलग्न एमाले निकट नेपाल बौद्धिक परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले पनि ३ बजे च्यासल बोलाइएको बताए ।
गत चुनावमा एमालेले लज्जास्पद नतिजा ल्याएपछि एमालेका युवा, विद्यार्थी र बुद्धिजीवीहरूले समयानुकूल नयाँ नेतृत्व निर्माण गर्नुपर्ने बताउँदै आएका छन् ।
उनीहरूले अध्यक्ष ओलीको विकल्प खोज्नुपर्ने समेत बताउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
-
रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी
-
एआई अपनाएसँगै ओरेकलद्वारा २१ हजार कर्मचारी कटौती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण