लेबनानमा भएको आक्रमणमा ८ जनाको मृत्यु
मङ्गलबार, २४ चैत २०८२, १५ : ४२
सारांश
- इजरायलले लेबनानमा गरेको हवाई तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।
- आक्रमणबाट दक्षिणी लेबनान र बेका क्षेत्रमा रहेका घरहरूमा ठूलो क्षति पुगेको छ।
बेरुत । लेबनानमा गए राति इजरायलले गरेको हवाई तथा ड्रोन आक्रमणमा आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।
लेबनानको सरकारी समाचार एजेन्सीले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । युद्धका कारण दर्जनौं घाइते भएका छन् । आक्रमणले दक्षिणी लेबनान र बेकाको पश्चिमी भागलाई लक्षित गरेको थियो ।
आक्रमणले घरहरू नष्ट भएको र व्यापक क्षति पुगेको एजेन्सीले समाचारमा उल्लेख गरेको छ । यसैबीच, देशभर जासुसी उडान पनि देखिएको बताइएको छ ।
इजरायली रक्षा बल आफ्नो ९८ औं डिभिजनका सैनिकहरूले विगत हप्तामा “साउथ लेबननका थप लक्ष्यमा लक्षित भू–कार्यवाहीलाई विस्तार गरेको दाबी गरेको समयमा आक्रमणको खबर आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोइला–ग्यास निर्यातले मानवअधिकार उल्लङ्घन गरेको भन्दै अष्ट्रेलियाविरुद्ध संयुक्त राष्ट्रसंघमा मुद्दा
-
होटलमा भेट भएकासँग ट्याटु खोप्ने विषयमा विवाद हुँदा हत्या
-
स्ट्रेट अफ होर्मुजमा बढ्दै जहाज आवागमन
-
‘लुम्बिनी लोक तारा’मा प्रथम भए समीर पुन
-
बन्दसत्रमा विलम्ब भएपछि बरालिँदै रास्वपा नेता कार्यकर्ता (तस्बिरहरू)
-
३ नम्बरको जर्सीसहित भारतीय क्रिकेट टोलीमा वैभवको इन्ट्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण