विधायन समितिको सभापतिमा चौधरी निर्विरोध निर्वाचित
सारांश
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
- सिंहदरबारमा बसेको समितिको बैठकले उनलाई निर्विरोध निर्वाचित गरेको हो।
- चौधरीले देश र जनताको हितमा निष्पक्ष तरिकाले जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौँ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जसपा नेपालकी सांसद चौधरीलाई समिति सभापतिमा निर्विरोध निर्वाचित गरेको हो ।
बैठकको सभापतित्व समितिका ज्येष्ठ सदस्य सभापति गोपालकुमार बस्नेतले गरेका थिए । सभापति बस्नेतले सांसद चौधरीलाई समिति सभापतिमा चयन गर्ने एक मात्र प्रस्ताव राखेकोमा उक्त प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
समिति सभापतिमा सर्वसम्मत भएपछि चौधरीले देश र जनताको हितमा कानुन तर्जुमा गर्दा संविधानको मातहतमा रही आवश्यक अध्ययन, अनुसन्धानसहित निष्पक्ष तरिकाले जिम्मेवारी बहन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । कुनै आग्रहबिना सबैसँगको समन्वय र सहकार्यसहित काम कारबाही अगाडि बढाउने उनको भनाइ छ ।
समितिले चयन भएर आएका नयाँ सांसदहरूलाई स्वागत समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
-
‘प्रदेश मन्त्री निवासमा छापा मार्ने प्रहरीमाथि कारबाही प्रक्रिया सुरु’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण