जडीबुटीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु
बुधबार, २५ चैत २०८२, ०८ : ४६
सारांश
- काठमाडौँको जडीबुटीमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट १९ वर्षीय बिराज थामीको मृत्यु भएको छ ।
- घाइते अवस्थामा फेला परेका थामीको उपचारका क्रममा भक्तपुरको इन्टरेनशनल अस्पतालमा निधन भएको हो ।
- ठक्कर दिने सवारी साधन र चालकको पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् ।
गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो । उपचारको क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयात, निर्यात बढ्दा पनि देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब नाघ्यो
-
एमाले पुनर्गठन सम्बन्धी सुझाव संकलन गर्न नेताहरु सुर्खेतमा
-
नर्वेको आशा हालान्डकै काँधमा
-
सडक डिभिजन जुम्लाद्वारा काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का रद्द
-
आफूलाई जेनजी अभियन्ता बताउने खड्का पक्राउ
-
३ लाख बढीले हेरे ‘लालीबजार’, आम्दानी कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण