नियमावली मस्यौदा समिति : संशोधन गर्नुपर्ने बुँदाहरुमा बिहीबारदेखि छलफल सुरु हुने
सारांश
- प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरूमा छलफल सुरु हुने भएको छ।
- समितिको बैठकमा सभापति गणेश पराजुलीले नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गर्नुभएको छ।
काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि बोलाइएको समितिको बैठकमा भोलिदेखि संशोधन गर्नुपर्ने विषयका बारेमा नियमित छलफल सुरु गर्ने सहमति भएको हो ।
१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापति पराजुलीले आजको बैठकमा नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गरेका थिए । ‘यसमा केही संशोधन गर्नुपर्ने भए भोलि लिएर आउनुहोला भनेर सभापतिले भन्नुभएको छ,’ राईले भने ।
यस समितका सदस्यहरुमा राईसहित ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केप भर्डेका गोलकिपर भोजिन्हा र उनकी आमा आनाको यो जीत
-
रास्कोट नगरसभामा ५६ करोड ६७ लाखको बजेट पेस
-
रणवीर सिंह बने सबैभन्दा महँगा भारतीय अभिनेता, ‘धुरन्धर’बाट कमाए ३२५ करोड भारु
-
रास्वपाको बन्दसत्र सुरु नभएपछि महाधिवेशनस्थलमा जे देखियो (तस्बिरहरू)
-
५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण