सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

नियमावली मस्यौदा समिति : संशोधन गर्नुपर्ने बुँदाहरुमा बिहीबारदेखि छलफल सुरु हुने

बुधबार, २५ चैत २०८२, १५ : ३०
बुधबार, २५ चैत २०८२

सारांश

  • प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरूमा छलफल सुरु हुने भएको छ।
  • समितिको बैठकमा सभापति गणेश पराजुलीले नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गर्नुभएको छ।

काठमाडौँ । प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिमा बिहीबारदेखि संशोधन गर्नुपर्ने बुँदाहरुमा छलफल सुरु हुने भएको छ । बुधबार सिंहदरबारमा नयाँ नियमावली तर्जुमा गर्नका लागि बोलाइएको समितिको बैठकमा भोलिदेखि संशोधन गर्नुपर्ने विषयका बारेमा नियमित छलफल सुरु गर्ने सहमति भएको हो ।

१५ सदस्यीय समितिको सभापतिमा गणेश पराजुली रहेका छन् । बैठकमा सहभागी नेपाली कांग्रेसका सांसद निश्कल राईका अनुसार सभापति पराजुलीले आजको बैठकमा नियमावलीको परिच्छेद १ देखि ८ सम्म वाचन गरेका थिए । ‘यसमा केही संशोधन गर्नुपर्ने भए भोलि लिएर आउनुहोला भनेर सभापतिले भन्नुभएको छ,’ राईले भने ।

यस समितका सदस्यहरुमा राईसहित ओजश्वी शेरचन, ऐनबहादुर महर, खगेन्द्र सुनार, खुस्बु ओली, गजला समिम मिकरानी, तपेश्वर यादव, ध्रुवराज राई, निशा डाँगी, बलावती शर्मा, मधु चौलागाईं, यज्ञमणि न्यौपाने, रेखाकुमारी यादव, र सुलभ खरेल छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप