सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत उर्बोमबिच भेटवार्ता

बुधबार, २५ चैत २०८२, १३ : २३
बुधबार, २५ चैत २०८२

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमबिच शिष्टाचार भेटवार्ता भएको छ।
  • भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले मन्त्री खनाललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
  • दुई पक्षबिच नेपाल र अमेरिकाको द्विपक्षीय सम्बन्ध, आपसी हित र कूटनीतिक सहकार्यका विषयमा छलफल भएको छ।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमबिच शिष्टाचार भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटघाट भएको हो ।

भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।

सो अवसरमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

आगामी दिनमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप बलियो बनाएर लैजाने विषयमा पनि भेटमा कुराकानी भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप