चिया किसानले मेहनतको मूल्य पाउन सकेनन् : निश्कल राई
सारांश
- इलामका चिया किसानहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन नसकेको सांसद निश्कल राईले बताएका छन्।
- मलको अभाव र भारतमा हुने निर्यातको समस्याका कारण किसान र उद्यमीहरू मर्कामा परेको उनले उल्लेख गरेका छन्।
- सांसद राईले चिया क्षेत्रको समस्या समाधानका लागि सरकारलाई कूटनीतिक पहल गर्न आग्रह गरेका छन्।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले इलामका नागरिकहरू यतिबेला चियाको पहिलो मुना टिप्न व्यस्त रहे पनि उनीहरूले आफ्नो मेहनतको उचित मूल्य पाउन नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसद राईले उत्पादन लागतको आधारमा चियाको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न किसानहरूलाई कठिनाइ परिरहेको बताए । उनले मल अभावको समस्याले उनीहरू थप पीडित बनेको बताए ।
सांसद राईले किसान मात्र नभएर चिया उद्यमीहरू पनि समस्यामा परेको बताए । चिया निर्यातका लागि भारतमा मात्र निर्भर रहनुपरेको र भारतले पनि समय समयमा चिया निर्यातमा अनावश्यक अवरोध खडा गर्दै आएको उनले बताए ।
भारतीय पश्चिम बङ्गाल सरकारको चिया तथा कफी विकास बोर्डले आफ्नो मुलुकको कानुन देखाएर चिया उद्यमीहरूलाई समस्यामा पारिरहेको सांसद राईले बताए ।
किसान र उद्यमीहरूको एकल प्रयासले समाधान हुने खालको नभएको भन्दै सांसद राईले सरकारलाई यस विषयलाई गम्भीरतापूर्वक लिन र कूटनीतिक पहल मार्फत दीर्घकालीन समाधान खोज्न आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिल्याण्डमा ७ ए प्राइमरी निर्वाचन : नेपाली मूलका चापागाईं विजयी
-
नाबालिका बलात्कार र हत्याका अभियुक्तको इन्काउन्टरमा मृत्यु, प्रहरीको भूमिकामाथि प्रश्न
-
सीताको ‘सिलप्याक’ ग्यास सिलिन्डर खाली भेटिएपछि....
-
सचिव पुष्कर अनिवार्य अवकाशमा
-
राष्ट्र बैंक विधेयकमा डेढ दर्जन संशोधन : गभर्नरको कार्यकाल घटाउनेदेखि प्रादेशिक बैंकको प्रस्ताव
-
आन्तरिक रूपमा तयार पार्ने अनुसन्धान प्रतिवेदनहरू सार्वजनिक नगर्ने आयोगको नीति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण