वीर अस्पतालका लेखा अधिकृत दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैँ । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, काठमाडौँमा कार्यरत लेखा अधिकृत ढुण्डी राज दाहालविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
बुधबार आयाेगले उनीविरूद्ध ९३ हजार ८५० रुपैयाँ मागदाबी सहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
विभिन्न सप्लार्स कम्पनी, ठेकेदारहरूलाई नियमानुसार भुक्तानी गर्नुपर्ने बिल रकम भुक्तानी गर्दा घुस / रिसवत वापत रकम लिई कार्यकक्षमा लुकाई राखेको भन्ने उजुरीका आधारमा टंगालबाट खटिई गएको टोलीले लेखा अधिकृत दाहाललाई रू.१ लाख २० हजार ८५० सहित नियन्त्रणमा लिइएको थियो।
‘अनुसन्धानको सिलसिलामा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका लेखा अधिकृत दाहालले अस्पतालको आन्तरिक स्रोतबाट भुक्तानी दिने क्रममा गैरकानुनी लाभ लिने बदनियत राखी योजनबद्ध रुपमा विभिन्न कम्पनी / फर्महरुका प्रतिनिधिसँग मोलमोलाई गरी घुस / रिसवत लिनेदिने सर्तमा भुक्तानीको प्रक्रियामा सहजीकरण गरी अगाडि बढाई सेवाग्राहीसँग ९३ हजार ८५० रुपैयाँ लिएको स्थापित भएपछि भ्रष्टाचार मुद्दा दायर गरिएकाे हाे,’ अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए सर्वाधिक गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण