मुस्ताङमा सातौँ पटक हिमपात
मुस्ताङ । मुस्ताङमा सातौँ पटक फेरि हिमपात भएको छ । आज दिउँसो ११ः०० बजेदेखि बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङमा हिमपात भएको हो।
यसअघि गत शनिबार र सोमबार पनि मुस्ताङमा भारी हिमपात भएको थियो । गत कात्तिक १० गते पहिलो हिमपात भएकामा जारी सिजनको चैत महिना सकिन लाग्दा मुस्ताङमा पटकपटक हिमपात र वर्षा हुने क्रम रोकिएको छैन।
गर्मीयाम सुरु भइसक्दासमेत हिमपात हुनेक्रम नरोकिँदा मुक्तिनाथ मन्दिरको दर्शन र उपल्लो मुस्ताङ घुम्न जाने पर्यटकको यात्रा कष्टकर बनेको छ । गर्मीयाम लाग्ने बेलामा समेत हिमपात हुँदा तीर्थयात्रीको आवागमनमा कठिनाइ भइरहेको बारागुङ मुक्तिक्षेत्र– १ का वडाध्यक्ष प्रमेश गुरुङले बताउनुभयो । हिमपात भए पनि जमिन तातिएकाले पग्लिएर सडक हिलाम्मे भएको छ।
उपल्लो मुस्ताङमा हिमपातका कारण चिसो बढेपछि स्थानीयवासीको दैनिकीमा असर परेको छ । हिमपात भएपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन् भने पशुचौपायालाई आहारा व्यवस्थापन तथा चरनक्षेत्रमा लैजान समस्या भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उज्यालो बन्दै छ विश्वप्रसिद्ध एबीसी पदमार्ग
-
छैटौँ विश्वकपमा मेसीको ऐतिहासिक गोल, अर्जेन्टिनाको अग्रता
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण