पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सारांश
- हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम छ।
- दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
- राति कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना छ।
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ ।
आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश लगायत देशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हालान्डको दुई गोलमा नर्वेको रोमाञ्चक जित
-
भारतीय पर्यटकले पोखराका होटल भरिभराउ
-
दुई दशकदेखि बन्द हेटौँडा कपडा उद्योग ब्युँताउन पहल
-
बिरामीले सोधेः डाक्टरसाप, क्यान्सर निको भएपछि गर्भधारण गर्न मिल्छ ?
-
रास्वपा प्रथम महाधिवेशन : राेकिएकाे बन्दसत्र आज, प्रतिनिधि परिचयपत्र वितरण सुरु
-
हालान्डको दोस्रो गोल, सेनेगलविरुद्ध नर्वे ३–१ गोलले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण