एउटै फिल्ममा देखिँदै आमाछोरी झरना र सुहाना
सारांश
- अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी सुहाना थापा पहिलो पटक एउटै चलचित्र 'बाः एक योद्धा' मा देखिने भएका छन्।
- संगीतकार हरि लम्सालको डेब्यु निर्देशन रहेको यस चलचित्रले नेपाली परिवारमा बुवाको महत्त्व र सङ्घर्षलाई चित्रण गर्नेछ।
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सफल अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै चलचित्रमा देखिने भएका छन् । संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यु निर्देशन रहने चलचित्र ‘बाः एक योद्धा’ मा यी आमा–छोरी मुख्य भूमिकामा देखिन लागेका हुन् ।
विगत दुई सातादेखि छायाङ्कन भइरहेको यस चलचित्रको निर्माण पक्षले कलाकारहरूको नाम गोप्य राखेको थियो । तर अहिले भने मुख्य भूमिकामा झरना–सुहाना थापा रहेको सार्वजनिक भएको गरिएको छ । गत चैत्र ९ गते काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै छायाङ्कन सुरु गरिएको फिल्म ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’ को ब्यानरमा निर्माण थालिएको हो ।
सङ्गीत र पार्श्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्साल यसै चलचित्रमार्फत निर्देशकमा डेब्यु गर्न लागेका हुन् । कथा र पटकथा समेत लम्सालकै रहेको चलचित्रको कथा नेपाली परिवारमा ‘बुवा’ को महत्त्व र उनको अस्तित्वलाई दर्साउने बनाइएको छ ।
एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र सङ्घर्षलाई चलचित्रमा ‘योद्धा’ को रूपमा चित्रण गर्न खोजिएको निर्देशक लम्सालले बताए ।
चलचित्रका निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जक समेत रहेका लम्सालले यसअघि अभिनेता विपिन कार्कीलाई लिएर चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए । शिवराम श्रेष्ठको सिनेमाटोग्राफी चलचित्रमा रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको बन्दसत्रमा के-के हुन्छ ?
-
रास्वपाका महाधिवेशन प्रतिनिधिलाई ५ हजार स्वेच्छिक
-
रास्वपाको बन्दसत्रमा देखिएनन् बालेन
-
रविले स्वीकारे पार्टीभित्र विवाद रहेको विषय, विवाद सडकमा नलैजान निर्देशन
-
रास्वपा महाधिवेशन : नेतृत्व चयनका लागि कडा मापदण्ड
-
सत्ताको लोभ र शक्तिको भोकले कांग्रेसको साख गिर्यो, अब जनताको भरोसा जित्नुपर्छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण