बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
उपसभामुख निर्वाचन

रास्वपाको समर्थनमा श्रम संस्कृतिबाट रुवी कुमारीले दर्ता गरिन् उपसभामुखमा उम्मेदवारी

बिहीबार, २६ चैत २०८२, १४ : ०९
बिहीबार, २६ चैत २०८२

सारांश

  • श्रम संस्कृति पार्टीकी रुवी कुमारीले प्रतिनिधि सभाको उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि रुवी कुमारीलाई उपसभामुखमा समर्थन गर्ने निर्णय गरेको छ।

काठमाडौँ । प्रतिनिधिसभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुवी कुमारीले उम्मेदवारी दर्ता गरेकी छन् ।  कुमारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल नेकपा एमालेले समर्थन गर्ने बताएका थिए ।

पछिल्लो समय सत्तारुढ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि उनैलाई समर्थन गर्ने निर्णय गरेको छ । रास्वपा महामन्त्री कवीन्द्र बुर्लाकोटीले रुवी कुमारीलाई समर्थन गर्ने जानकारी पत्रकारहरूलाई दिएका थिए । 

सङ्घीय संसद् सचिवालयले उसभामुखको उम्मेदवारी दर्ता गर्नका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको थियो ।

रुवी कुमारीको प्रस्तावकमा आर्यन राई र समर्थकमा रास्वपा सांसद अशोककुमार चौधरी र श्रम संस्कृतिकी सांसद अम्विकादेवी निरौला रहेका संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप