परीक्षामा चिट चोर्न विद्यार्थीमाझ एआई चस्माको मोह
सारांश
- चीनका विद्यार्थीहरू परीक्षामा चिट चोर्न एआई जडित स्मार्ट चस्माको प्रयोग गरिरहेका छन्।
- यी चस्माले क्यामेरा र एआईको मद्दतले प्रश्न स्क्यान गरी तुरुन्तै उत्तर उपलब्ध गराउँछन्।
- सेकेन्ड ह्यान्ड बजारमा यी उपकरणहरू सस्तो भाडामा उपलब्ध भएकाले यसको प्रयोग झन् बढेको छ।
काठमाडाैँ। चीनका युवा विद्यार्थीहरूमाझ अचेल एआई (आर्टिफिसियल इन्टेलिजेन्स) जडित स्मार्ट चस्माको लोकप्रियता निकै बढ्न थालेको छ। तर, यो लोकप्रियता ज्ञान हासिल गर्नका लागि नभई परीक्षामा सजिलै चिट चोर्न र राम्रो अंक ल्याउनका लागि भइरहेको पाइएको छ।
रेस्ट अफ द वल्र्डको पछिल्लो प्रतिवेदनअनुसार ठुला ल्याङ्ग्वेज मोडलहरू एकीकृत गरिएका यी चस्माहरू प्रयोग गरेर विद्यार्थीहरूले कठिनभन्दा कठिन परीक्षामा पनि उत्कृष्ट नतिजा निकालिरहेका छन्। यी अत्याधुनिक चस्माहरूमा क्यामेरा र अडियो सुविधाहरू जडान गरिएका हुन्छन् जसले प्रश्नपत्र र पाठहरू स्क्यान गरी एआईको सहयोगमा तुरुन्तै उत्तर उपलब्ध गराउँछन्।
सुरुवाती चरणमा यस्ता चस्माहरू हेर्दैमा भद्दा र अलि फरक देखिने भए तापनि अहिले शाओमी र अलिबाबा जस्ता कम्पनीहरूले सामान्य चस्माभन्दा छुट्ट्याउनै नसकिने आकर्षक डिजाइनमा यी उपकरणहरू बजारमा ल्याएका छन्। चीनको राष्ट्रिय कलेज प्रवेश परीक्षा र निजामती सेवाका परीक्षाहरूमा यस्ता उपकरण प्रयोग गर्न प्रतिबन्ध लगाइएको भए तापनि नियमित विद्यालय र कलेजका परीक्षाहरूमा यसको प्रयोग व्यापक भइरहेको छ।
यस प्रविधिको प्रभावकारिता जाँच्न हङकङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीका अनुसन्धानकर्ताहरूले एक रोचक प्रयोग गरेका थिए। च्याटजीपीटी ५.२ जस्तो एआई मोडल जडान गरिएको स्मार्ट चस्मा लगाएका एक विद्यार्थीले १०० जनाको समूहमा ९२.५ अंकसहित शीर्ष पाँचमा स्थान बनाउन सफल भए, जबकि अन्य विद्यार्थीहरूको औसत प्राप्तांक मात्र ७२ थियो। यसले एआई चस्माको सहयोगमा औसत विद्यार्थीले पनि उत्कृष्ट नतिजा ल्याउन सक्ने पुष्टि गरेको छ।
महँगो मूल्यका कारण सबै विद्यार्थीले यस्ता चस्मा किन्न नसक्ने भए तापनि चीनमा सियान्यु जस्ता सेकेन्ड ह्यान्ड मार्केटप्लेसहरूले यसलाई सुलभ बनाइदिएका छन्। दैनिक ६ देखि १२ डलरसम्मको सस्तो भाडामा यस्ता चस्माहरू उपलब्ध हुन थालेपछि विद्यार्थीहरूका लागि यो झनै आकर्षक बनेको छ।
हेबेई प्रान्तकी एक विश्वविद्यालयकी छात्रा भिभियनले आफू फेल हुने डर भएका विषयहरूमा यी चस्मा प्रयोग गर्ने गरेको र अन्य विद्यार्थीलाई समेत भाडामा दिने गरेको बताएकी छिन्। औँठी जस्तै देखिने सानो रिमोटको सहायताले प्रश्न स्क्यान गर्ने र चस्माको लेन्समा देखिने उत्तर सारेर कसैले थाहा नपाउने गरी परीक्षा हलमा यसको दुरुपयोग भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजलासमा वरिष्ठ अधिवक्ता काेइरालाकाे प्रश्न : व्यक्तिगत अधिकारमाथि धावा बोल्न मिल्छ ?
-
वार्ताका लागि पाकिस्तान पुगे इरानी राष्ट्रपति र विदेशमन्त्री
-
रास्वपाका सदस्य ५ लाख २३ हजार, सबैभन्दा धेरै मधेसमा
-
एमआरपीभन्दा बढी मूल्य लिएर बिल नदिने दुई कम्पनीलाई ४ लाख ४० हजार जरिवाना
-
विनोद शाही हत्या प्रकरणमा कांग्रेस नगर सभापतिसहित ६ जनालाई जन्मकैद
-
आयोजना निर्देशकलाई प्रश्न : सुकुमबासीलाई होल्डिङ सेन्टर छोड्न ५ दिने अल्टिमेटम किन दिएको ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण