हानी नोक्सानी कोषमा ३ अर्ब ६० करोडको परियोजना प्रस्ताव पेस गर्ने निर्णय
सारांश
- सरकारले हानी नोक्सानी कोषमा करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको परियोजना प्रस्ताव पेस गर्ने निर्णय गरेको छ।
- वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले हरित जलवायु कोषको प्रत्यक्ष पहुँच निकायको रुपमा उक्त प्रस्ताव पेस गर्नेछ।
- बैठकले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न केन्द्रलाई सैद्धान्तिक सहमति दिएको छ।
काठमाडाैँ । सरकारले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन संरचना महासन्धि अन्तर्गतको 'हानी नोक्सानी कोष' (फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज) मा करिब ३ अर्ब ६० करोड रुपैयाँ बराबरको परियोजना प्रस्ताव पेस गर्ने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको वैकल्पिक ऊर्जा विकास समितिको १११औं बोर्ड बैठकले १९.८७ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६० करोड रुपैयाँ) को परियोजना प्रस्ताव कोषमा पेश गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई सहमति दिने निर्णय गरेको हो।
वन तथा वातावरण मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रूपमा उक्त परियोजना प्रस्ताव तयार पारेका हुन् । हरित जलवायु कोषको 'प्रत्यक्ष पहुँच निकाय' को रुपमा केन्द्रले यस प्रस्तावलाई हानी नोक्सानी कोषमा पेश गर्ने केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।
यसैगरी बैठकले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न केन्द्रलाई सैद्धान्तिक सहमति समेत दिएको छ। केन्द्रले प्राप्त बजेट सिलिङभित्र रहेर आगामी आर्थिक वर्षका कार्यक्रमहरू तय गर्नेछ । बैठकमा मन्त्री श्रेष्ठले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा सामाजिक न्यायलाई विशेष ध्यान दिन निर्देशन दिए ।
उनले ग्रामीण र दुर्गम क्षेत्रका जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी नवप्रवर्तनकारी कार्यक्रमहरू ल्याउन सुझाव दिनुभएको कार्यकारी निर्देशक ढकालले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण