शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक
तनहुँ । शिक्षाको गुणस्तर सुधार्न व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक विद्यालयका शिक्षकहरु अभिभावकको घरदैलोमै पुग्न थालेका छन् । घरदैलोमै पुगेर उनीहरुले अभिभावकलाई विद्यालयको शैक्षिक सुधारबारे सुझाव सङ्कलन गर्न थालेका हुन्।
शैक्षिक सत्र २०८३ को भर्ना अभियानअन्तर्गत चुरेखोल्सी टोलमा आयोजना गरेको घरदैलो तथा सर्वेक्षणका क्रममा अभिभावकहरूले पछिल्लो समय विद्यालयको सुधारप्रति खुसी व्यक्त गरेका छन्। स्थानीय अभिभावक तुलसीप्रसाद पौडेलले निजी विद्यालयलेझैँ सुविधा र शैक्षिक वातावरण सरकारी विद्यालयले दिन थालेपछि सन्तानलाई त्यहीँ भर्ना गर्ने मनस्थिति बनाएको बताए।
“विद्यालय प्रशासन आफैँ घरमा आएर गुणस्तरीय शिक्षा र सेवाको ग्यारेन्टी लिने प्रतिबद्धताले अभिभावकहरूमा विश्वास बढेको छ”, उनले भने । सोही वडाकी वडा सदस्य गौकुमारी न्यौपानेले वडाको तर्फबाट यातायातको सुविधा उपलब्ध गराउन पहलकदमी थालिने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषध सहित पक्राउ
-
मेसीको ह्याट्रिक, अर्जेन्टिनाको शानदार प्रदर्शन
-
नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
मेसीको दोस्रो गोल, अर्जेन्टिना जिततर्फ उन्मुख
-
‘मन्त्रालय गाभ्नु राम्रो हो, अब असारे विकास प्रवृत्ति हटाउनुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण