स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुखकाे जोड
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे। उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।
सभामुख अर्यालले आफ्ना संस्था वा व्यक्तिगत हितभन्दा सेवाग्राहीको सन्तुष्टिलाई ध्यान दिनुपर्ने धारणा व्यक्त गर्दै जनताको मुहारमा खुसी ल्याउने र सरकारले जनताका लागि काम गरिरहेको अनुभूति दिलाउन स्थानीय तहले सक्रिय भूमिका खेल्नुपर्ने बताए । स्थानीय तहलाई सुदृढ बनाउन तथा बजेटलगायत विषयमा सबै तहका सरकारबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि आफू प्रतिबद्ध रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इथियोपियाको सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई बहुमत
-
पौडी खेल्ने क्रममा डुबेर आठ वर्षीया बालिकाको मृत्यु
-
जानकी मेडिकल कलेज प्रकरण: ओपी पाण्डे सहित १२ जनालाई प्रतिवादी बनाउन सीआईबीको राय
-
मध्यरातमा रास्वपाले टुंग्यायो मधेसका प्रतिनिधिको सूची (नामावलीसहित)
-
रास्वपाको वैचारिकीमा प्रदीपको प्रश्न, बालेन कडा जवाफ
-
ओयार्जाबालको दुई गोलसँगै पहिलो हाफमा साउदी अरेबियाविरुद्ध स्पेनको ३–० को दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण