स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन
शुक्रबार, २७ चैत २०८२, ११ : १७
काठमाडौँ । सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरुलाई आइतबारको हकमा आफ्नो कार्यबोझ र जनशक्तिका आधारमा बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिँदै त्यसो गर्दा कर्मचारीलाई शनिबार बाहेक अर्को एक दिन गरी दुई दिन बिदा दिने व्यवस्था गर्ने र बिदा दिन नसक्ने अवस्थामा सट्टा बिदा दिएर सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
प्रादेशिक अस्पताल तथा सातै प्रदेशका स्वास्थ्य विषय हेर्ने मन्त्रालयलाई पनि सोही अनुसार गर्न सङ्घीय स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुपारीखेतीतर्फ आकर्षित हुँदै इलामका किसान
-
जेनजी आन्दोलनका बेला हिरासतबाट भागेका प्रतिवादी सुन्धाराबाट पक्राउ
-
अमेरिकामा ब्याजदर बढ्ने चिन्ताबिच सुनको मूल्य घट्यो
-
रोल नम्बर १, परालको आगो, कुम्भ र लाइफ ड्यामेजको कमाई कति ?
-
रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह सर्वसम्मत चयन
-
बक्स अफिसमा ‘काजी’ भन्दा ‘मितज्यू’ अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण