नवनिर्वाचित उपसभामुख रुवि कुमारी ठाकुरले के-के पाउँछिन् सेवा–सुविधा ?
सारांश
- प्रतिनिधिसभाको उपसभामुखमा रुवि कुमारी ठाकुर निर्वाचित भएकी छन्।
- उपसभामुखले संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनअनुसार तलब, भत्ता, आवास तथा अन्य सुविधाहरू प्राप्त गर्नेछिन्।
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा रुवि कुमारी ठाकुर निर्वाचित भएकी छन्। शुक्रबार उनलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहुमत सदस्यले मत दिएसँगै उनी निर्वाचित भएकी हुन्।
श्रम संस्कृति पार्टीबाट प्रतिनिधित्व गर्ने उनी प्रतिनिधिसभाकी कान्छी सदस्य हुन्। नवनिर्वाचित उपसभामुखको कार्यकाल संसद्को कार्यकालसम्म रहनेछ। सो अवधिसम्म उनले उपसभामुखका लागि तोकिएबराबरको तलबभत्ता तथा अन्य सुविधा प्राप्त गर्नेछिन्।
के-के छन् सुविधाहरू ?
उपसभामुखको सुविधाका लागि ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३’ मा व्यवस्था गरिएको छ। उक्त ऐनको अनुसूची–१ र अनुसूची–२ मा यसबारे व्यवस्था छ। जसअन्तर्गत पहिलो अनुच्छेदमा तलब तथा अन्य आर्थिक सुविधा र दोस्रो अनुच्छेदमा अन्य सुविधाहरू समावेश गरिएका छन्।
पारिश्रमिक तथा भत्ता
- पारिश्रमिक : ७२,७३० रूपैयाँ (प्रतिमहिना)*
- विशेष भत्ता : १,००० रूपैयाँ (प्रतिमहिना)
- बैठक भत्ता : १,००० रूपैयाँ (प्रतिबैठक)
- भ्रमण भत्ता : २,५०० रूपैयाँ (दैनिक – स्वदेश वा विदेश भ्रमण गर्दा, प्रतिनिधिमण्डलको नेताको रूपमा जाँदा थप ५० प्रतिशत)
२. आवास, सञ्चार र इन्धन सुविधा
- आवास सुविधा : सरकारी आवासगृह सुविधा (त्यो उपलब्ध हुन नसकेमा २५,६०८ रूपैयाँ प्रतिमहिना)
- सञ्चार सुविधा : ३,००० रूपैयाँ (प्रतिमहिना)
- बिजुली/धारा : बिलअनुसारको रकम
- सवारीसाधन : १ वटा सवारीसाधन उपलब्ध गराइने
- सवारी इन्धन : २३० लिटर (प्रतिमहिना)
- मोबिल : ५ लिटर (त्रैमासिक)
३. निजी सचिवालय तथा अतिथि सत्कार
- निजी सचिवालय बन्दोबस्त : १,७५० रूपैयाँ (प्रतिमहिना)
- फर्निचर खर्च : १५,००० रूपैयाँ (आवासमा फर्निचर व्यवस्था नभएको खण्डमा एक कार्यकालका लागि एकपटक)
- अतिथि सत्कार : २,००० रूपैयाँ (प्रतिमहिना)
- कम्प्युटर अपरेटर : १ जना (नासुसरह)
- सवारी चालक : २ जना
- कार्यालय सहयोगी : २ जना
- प्रिन्टरसहितको कम्प्युटर : १ थान
- साइकल : २ वटा
४. सुरक्षा व्यवस्था
गार्डघर : १,७५० रूपैयाँ (प्रतिमहिना)
अंगरक्षक : १ जना
बिल्लादार गार्ड : १ जना
सैनिक जवान (सिपाही) : १० जना
५. स्वास्थ्य उपचार, बीमा र आर्थिक सहायता
- उपचार सुविधा : संसद् सचिवालयमा वरिष्ठ चिकित्सकको निःशुल्क सेवा। अस्पताल भर्ना हुनुपरेमा सिफारिसअनुसारको खर्च सचिवालयले व्यहोर्ने।
- यात्रा बीमा : प्रतिभ्रमण १० लाख रूपैयाँ
- मृत्यु भएमा आर्थिक सहायता : पदावधि कायम रहेकै अवस्थामा मृत्यु भएमा परिवारलाई एकमुस्ट दुई लाख रूपैयाँ।
- अशक्त भएमा आर्थिक सहायता : शारीरिक वा मानसिक रूपले अशक्त भई पदमा रहन असमर्थ भएमा एकमुस्ट ५० हजार रूपैयाँ।
६. अन्य सुविधा
रातो पासपोर्ट : सरकारी कामको सिलसिलामा विदेश जाँदा कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिइनेछ।
पेस्की सुविधा : कडा रोग लागि विदेशमा उपचार गर्नुपरेमा बढीमा एक वर्षको र सामान्य अवस्थामा बढीमा ३ महिनाको पारिश्रमिकबराबरको रकम पेस्की लिन सकिने।
*यसअघिको अंकमा सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
३ प्रतिक्रिया
भर्खरै
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
-
विद्युत् महसुलमा ५० प्रतिशत अनुदान
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण