मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

चार्टड एकाउन्टेन्टस् संघले गर्‍यो प्रिबजेट छलफल

शुक्रबार, २७ चैत २०८२, १३ : ५५
शुक्रबार, २७ चैत २०८२

सारांश

  • नेपाल चार्टड एकाउन्टेन्टस् संघले आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटका लागि प्रि-बजेट छलफल सम्पन्न गरेको छ।
  • छलफलमा कर प्रणाली सुधार, राजस्व चुहावट नियन्त्रण तथा वित्तीय क्षेत्रका नीतिगत विषयमा विस्तृत विमर्श गरिएको छ।
  • संघले सङ्कलन गरेका सुझावहरू छिट्टै नेपाल सरकारलाई बुझाउने तयारी गरेको छ।

काठमाडौँ । नेपाल चार्टड एकाउन्टेन्टस् संघले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटबारे छलफल गरेको छ । 

सङ्घको आयोजनामा भएको प्रि–बजेट छलफलमा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, भन्सार महसुल, शिक्षा सेवा शुल्क लगायत समग्र कर प्रणाली सुधारमा नीतिगत सुधार, प्रक्रियागत सरलीकरणका विषयमा सरकारले आगामी वर्षको बजेटमा लिनुपर्ने नीतिका बारेमा छलफल भएको थियो । चार्टड एकाउण्टेण्ट्स सङ्घका महासचिव प्रदीप अर्यालका अनुसार आगामी बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छलफल गरिएको र छिट्टै निष्कर्ष सरकारलाई बुझाइने जानकारी दिए । 

महासचिव अर्यालले भने– ‘चार्टड एकाउण्टेण्ट्स संघले विगतदेखि नै प्रिबजेट छलफल गर्दै आएको छ र सरकारलाई तटस्थ रूपमा सुझाव समेत दिने गरेको छ । त्यहाँबाट धेरै परिवर्तन समेत सुझावका आधारमा हुने गरेको छ । दुई दिने अन्तर्क्रिया कार्यक्रममा बजेट कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा व्यापक छलफल भयो ।’

अर्यालयकाअनुसार राजश्व चुहावट नियन्त्रण तथा अनुसन्धान, बैङ्क, वित्तीय संस्था, बीमा, रेमिटेन्स, पुँजी बजारमा सरकारले आगामी दिनमा लिनुपर्ने रणनीतिका बारेमा समेत छलफल गरिएको थियो । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप